Comments Add Comment

आईपीएलमा कोलकत्ताद्वारा दिल्ली पराजित

८ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा कोलकत्ता नाइट राइडर्सले दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले पराजित गरेको छ ।

दिल्लीले प्रस्तुत गरेको १४७ रनको लक्ष्य कोलकत्ताले १८.१ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो ।

उसका लागि गौतम गाम्भीर ६० रन बनाए भन युसुफ पठानले अविजित ४० रनको पारी खेले । सूर्यकुमार यादवले २४ रन जोडे ।

Kolkata Knight Riders

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १४६ रन बनाएको थियो ।

उसको सुरुवात राम्रो हुन सकेन । पहिलो विकेटका रुपमा मयंक अग्रवाल मात्र १ रनमा आउट भए । दोस्रो विकेटका रुपमा जेपी डुमिनी ५ रनमा आउट हुँदा टीमको  स्कोर २२ रन थियो ।

मनोज तिवारीले ३२, श्रेयस अथ्यरले ३१, एन्जेलो म्याथुले २८ रन जोडे । युवराज सिंहले २१ रनमा आउट भए ।

दिल्लीलाई सस्तैमा समेट्ने क्रमा उमेश यादव, मार्ने मोर्केल र पियुष चावलाले समान २–२ विकेट लिए ।

यो २ विकेटसँगै आईपीएलमा चावलाले १०० विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment