Comments Add Comment

बारामा बस दुर्घटना, तीनको मृत्यु २३ घाइते

सुभाषप्रसाद साह

८ बैशाख, बारा । बारामा यात्रुुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ६ जना गम्भिर घाइते भएका छन् भने १७ जना समान्य घाइते भएका छन् ।

पुर्वपश्चिम राजमार्ग अन्तरगत बाराको पिलुवा स्थित पसाहा खोला नजिकै मंगलबार बिहान यात्रुवाहक बस दुर्घटना भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक कैलाश राईले बताए ।

काठमाण्डौबाट सर्लाहीको मलंगवाका लागी छुटेको ना ४ ख ४५१६ नम्बरको एन्जल ट्राभल्सको बस बिहान साढे पाँच बजे सडकबाट पल्टिएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी सर्लाहीको ब्रम्हपुरीका अन्दाजी ४५ वर्षका अकलु गिरी, उनकी श्रीमति ४० वर्षकी भवानी गिरी र सर्लाहीकै पुर्नबासका २२ वषिर्य लक्ष्मी पासवानको ज्यान गएको हो ।

मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ । घाईतेहरुको वीरगंज, सिमरा तथा निजगढमा उपचार भईरहेको प्रहरीले जनाएको छ । बसमा सवार यात्रुका अनुसार तीव्र गतीमा रहेको बसका चालक निदाएका कारण अनियन्त्रित भएर सडकबाट तल खसेर दुर्घटनामा परेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment