Comments Add Comment

दुई दर्जन जहाज उडाउने सेना ७ वटामा खुम्चियो

Army-Helicopter

८ वैशाख, काठमाडौं । नेपाली सेनाका मध्य एयरवेस अन्तर्गतका २६ जहाजमध्ये अहिले ७ वटा जहाजमात्र चालु अवस्थामा रहेका छन् ।

कतिपय जहाज दर्घटनामा परेर क्षतिग्रस्त भए भने कतिपय जहाज ग्राउन्डेड भएका छन् । सैनिक हवाई महानिर्देशनालयका अनुसार १६ जहाज उड्न नसक्ने अवस्थामा पुगिसकेका छन ।

मध्य एयरवेसका तीनवटा जहाज विभिन्न दुर्घटनामा परेर क्षतिग्रस्त भएको बताइएको छ । सेनासँग भएका जहाजमध्ये ४ मोडलको निर्माता कम्पनीले अहिले उत्पादन बन्द गरिसकेको अवस्था छ ।

विशिष्टि व्यक्तिहरु बोक्न प्रयोग गरिँदै आएका ४ मोडलका हेलिकोप्टर बनाउन पनि अहिले छाडिसकेको महानिर्देशनालयले जनाएको छ ।

सेनासँग भएका जहाजमध्ये ६ वटा लिलाम गर्नुपर्ने अवस्थामा देखिएका छन् । सेनाले सहयोग स्वरुप प्राप्त गरेका २ वटा जहाज सन् २००८ देखि ग्राउन्डेड अवस्थामा छन् ।

यी जहाजको मर्मत गर्नुपर्ने देखिएपनि ८ वर्ष वितिसक्दा समेत मर्मत सम्हारमा ध्यान दिइएको छैन् । लामो समय ग्राउन्डेड हुँदा जहाज जिर्ण बन्दै गइरहेको बताइन्छ ।

त्यसो त सेनाले पुराना काम नलाग्ने अवस्थामा पुगेका जहाज पनि व्यवस्थापन गर्न सकेको छैन् । कतिपय जहाज लिलाम गरेर हटाउनुपर्ने अवस्थामा देखिएपनि त्यसो नगरेको महालेखा परीक्षकको कार्यालयले भेटाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment