Comments Add Comment

नेपाली कलाकारले बार्सिलोना तताउने

बार्सिलोना । स्पेनकाे सुन्दर सहर बार्सिलोनामा स्थानीय नेपाली कलाकारहरुले बेजोड सांगीतिक प्रस्तुती प्रस्तुत गर्ने भएका छन्। आगामी मे ३ तारिख हुने कार्यक्रमलाई सांगीतिक धमाका २०१५ को नाम दिदै कलाकारहरुले मनोरन्जन दिने भएका हुन्। बिशेष सांस्कृतिक कार्यक्रममा बालबालिकाहरुको नृत्य,रास्ट्रिय गीत, लोकदोहोरी, नृत्य, गायन, कमेडी प्रस्तुत गरिनेछ ।

spainस्थानीय अनलाइन मिडियाकाे वार्षिकउत्सवको अवसरमा आयोजनामा हुन लागेको कार्यक्रममा स्पेन स्थित संघ संस्था लगायत नेपाली समुदायको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा गैरआवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद युरोप संयोजक अर्जुनकुमार श्रेष्ठ बार्सिलोना आउने भएका छन्।

यस्तै बेलायत, बेल्जियम र डेनमार्कबाट पनि पत्रकारहरुको उपस्थिति रहने भएको छ। कार्यक्रम सम्पन्न गर्नको लागि बिभिन्न तयारी उपसमितिहरु पनि गठन गरेको छ।

सांस्कृतिक तथा मनोरन्जन उपसमितिको संयोजकमा हेमन्त रानाभाट, उपसंयोजक सुनिल रानाभाट,मन्च ब्यबस्थापन तथा ब्याच बितरणको लागि संयोजक शितल भुर्तेल भुसाल, उपसंयोजक शर्मिला सुबेदी,प्राबधिक तथा सम्पादन उपसमितिमा संयोजक लक्ष्मण शर्मा र उपसंयोजकको जिम्मेबारी नरेश कार्कीले लिएका छन्।

यस्तै प्रचारप्रसार उपसमिति संयोजकमा बिशाल ढुंगाना, उपसंयोजक हिरालाल सापकोटा ‘डायमण्ड’ र स्वयंसेवक परिचालन उपसमितिमा संयोजक महेन्द्र चापागाई,उपसंयोजक हिमाल शर्मालाई जिम्मेवारी बाँडफाड गरिएको छ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ, बेलायत शाखा, युरोप शाखा, बिभिन्न राजनीतिक दलका नेताहरु, एनआरएनका अभिन्यताहरु, कलाकार, पेशागत संगठन, मानव अधिकारकर्मी, समाजसेवीहरु लगायतले दिएको शुभकामनालाई पनि प्रस्तुत गरिनेछ।

वर्ष व्यक्तित्व सम्मान कार्यक्रम 

स्थानीय मिडियाले वार्षिकउत्सबको अबसरमा गर्न लागेको कार्यक्रममा एनआरएनए, बिभिन्न संघ सस्थाबाट १ जना र कलाकारहरुबाट १ जना जनालाई छनोट गरि बर्ष व्यक्तित्व सम्मान २०१५ बाट सम्मान गरिने भएको छ। यस बर्षबाट शुरुवात गरिएको सम्मान कार्यक्रम प्रत्येक बर्ष आयोजना गरिने भएको छ।

यसैबीच सम्मानित व्यक्तित्वको जीवनी सहित भिडियो तयार गरिने भएको छ। छनोटका लागि गैरआवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद् सदस्य दीपक खरेल, नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचिब प्रकाश ढकाल लगायत  आयोजकबाट एक  सदस्य रहने गरि छनोट समिति गठन भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment