Comments Add Comment

झरनादेखि शिल्पासम्म, ९ नायिकाले गरे कमाल(फोटो फिचरसहित)

audio lunch  (2)
संभवत नेपाली चलचित्र क्षेत्रमा कुनै चलचित्रको अडियो बिमोचनमा यती धेरै कलाकार सहभागी भएका थिएनन् । सोमबार बेलुकी चलचित्र ‘अधकट्टी’को बिमोचन समारोहमा देखियो यस्तै दुर्लभ दृश्य ।

सुव्रत आचार्यको निर्देशनमा तयार भएको यो चलचित्रको अडियो बिमोचनमा नेपाली चलचित्रका क्षेत्रका पुरानादेखि नयाँ नायिकासम्म देखिए । नायिका करिश्मा मानन्धर, झरना थापा, दिपाश्री निरौलादेखि अहिलेका नायिका प्रियंका कार्की, निता ढुंगाना, नम्रता श्रेष्ठ, शिल्पा पोख्रेल, ऋचा शर्मा, हर्षिका श्रेष्ठले चलचित्रको एल्बम बिमोचन संयुक्त रुपमा गरे ।audio lunch  (23)

audio lunch  (5)बसन्त सापकोटाले  संगीत भरेका चलचित्रका गीतहरुले दर्शकको मन छोएका छन् । चलचित्रको ‘ कोकाकोला फिगर’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ ।

द्धारिक उदय फिल्मस्को प्रस्तुतीमा तयार भएको यो चलचित्रमा विल्सन विक्रम राई, अशिष्मा नकर्मी, रिस्ता बस्नेत, गौरव पहारी, प्रदिप बाँस्तोलाको साथमा विशेष भूमिकामा नम्रता श्रेष्ठ र गजित बिष्टले अभिनय गरेका छन् । audio lunch  (22)
चलचित्रको अडियो बिमोचनमा मुख्य कलाकारहरुले ४ वटा गीतमा नृत्य पनि गरे । कलाकारको नृत्य र फरक शैलीको कार्यक्रमले धेरैलाई मनोरञ्जन र फरकपन दिएको थियो । जेठ ८ गतेबाट प्रदर्शनमा आउने यो चलचित्र पूर्णतया कमेडी बिषयमा तयार भएको छ ।

एलइडी पर्दामा आकर्षक स्टेज तयार पारेर बनाइएको अडियो बिमोचन रोचक र भव्य देखियो ।audio lunch  (6)

audio lunch  (11)

audio lunch  (4)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment