Comments Add Comment

नेपाली परिवारको आयोजनामा युलेसमा नयाँ वर्ष मनाइयो  

ules usaअमेरिका  । अमेरिकाको युलेसमा नेपाली परिवारको आयोजनामा नया बर्ष शुभ कामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको छ । युलेसमा धेरै नेपालीहरूको बसोबास रहेको छ । टेक्सास राज्यको आफ्नै सहरको पार्कमा शुभकामना तथा सांस्कृतिक कार्यक्रम गरी नयाँ वर्ष मनाइएको हो ।

ulesh usa-2युलेशबासी अगुवाहरु टीकाराम पौडेल, बिकाशराज न्यौपाने, हरी थापा, राम सी पोख्रेल, शिव अधिकारी, बासु श्रेष्ठ, भानु खरेल तथा लिला श्रेष्ठ लगायत झन्डै ५० घर नेपाली दाजुभाईको आयोजनामा “नयाँ वर्ष २०७२ पिकनिक” कार्यक्रम गरिएको हो। अमेरिकाको एनअारएन एनसीसीको क्षेत्रीय तथा केन्द्रीय चुनाव चल्दै गर्दा नयाँ वर्ष मनाइएको हो ।

ulesh usa-3कार्यक्रममा नेपाली गायक भीम थापा, मोहराज पौडेल को लोक गीत का साथै धेरै नेपाली चेलीहरुको नृत्यले सबैलाई दिउसो २ बजेदेखि साँझ ७ बजे सम्म मनोरञ्जन प्रदान गरेको थियो।

कार्यक्रममा संयोजनकर्ता टीका पौडेल आगामी वर्षदेखि हरेक वर्ष बैशाख १ गतेपछि पर्ने पहिलो आइतबार युलेस नेपाली परिवारले नया वर्ष पिकनिकको आयोजना गर्ने घोषणा समेत गरे ।

युलेस र त्यस वरपरका शहरहरु बाट आमन्त्रित सहित गरि झन्डै ५५० भन्दा बढी मानिसहरु पिकनिकमा सहभागी भएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment