Comments Add Comment

देशमा सरकारविहीनताको स्थिति : गगन थापा

८ वैशाख, तुलसीपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले देशमा सरकार विहीनताको स्थिति भएको टिप्पणी गरेका छन् ।

Gagan-Thapa

आफ्नै पार्टी नेतृत्वको सरकारको भूमिकाको आलोचना गर्दै थापाले सरकार निरीह हुँदा जनताले सुशासनको अनुभुति गर्न नपाएको बताए । खासगरी जाजरकोटको महामारीमा सरकारको कामकारवाहीप्रति उनले असन्तुष्टि जनाए ।

दाङको तुलसीपुरमा मंगलबार आयोजित साक्षात्कारमा थापाले भने, ‘जाजरकोट रोगले ग्रस्त छ । न सरकारलाई चासो छ, न प्रतिपक्षलाई ।’

ठूला दुई दल कांग्रेस र एमाले मिलेर नेपालमा सरकार चलाए पनि जनताले राहत नपाएको उनको भनाइ थियो । उनले प्रमुख प्रतिपक्षी दल एमाओवादी पनि मस्त निद्रामा रहेको भनेर टिप्पणी गरे ।

‘कांग्रेस संस्कार र संस्कृतिमा चल्न सकेन’

कांग्रेस केन्द्रीय समितिमा एउटा निर्णयकर्ता र अर्को साक्षी गरी दुईथरी संस्कार रहेको भन्दै थापाले १३ औं महाधिवेशनबाट यस्तो अवस्था अन्त्य हुने दाबी समेत गरे ।

‘नेपाली कांग्रेस मुलुककै सबैभन्दा पुरानो पार्टी हो तर पनि संस्कार र संस्कृतिमा चल्न अझै पनि सकेको छैन,’ उनले भने ।

संस्थागत र व्यवस्थापनको हिसाबले एमालेले गत महाधिवेसनबाट फड्को मारेको भन्दै उनले अब नेपाली कांग्रेसले पनि एमालेको झैं अग्रगामी फड्को मार्नुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment