Comments Add Comment

एमाओवादी र एमाले नेताको घर जग्गा कब्जा

८ वैशाख, चरिकोट । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले दोलखाका एमाओवादी र एमालेका नेताको घरजग्गा कब्जा गरेको छ ।

दोलखाको सिंगटी लादुकस्थित एमाओवादी केन्द्रीय नेता जितवीर लामाको कच्ची घर तथा एमाले नेताद्वय कुमार खड्का र प्रकाश केसीको जग्गा कब्जा गरिएको हो ।

लामा २०४८ सालमा एमालेको सांसदमा निर्वाचित भएका थिए । पछि माले हुँदै एमाओवादीमा प्रवेश गरेका थिए । खड्का र केसी एमालेका जिल्लास्तरीय नेता हुन् ।

लामाले ०५८ सालमा डम्बरबहादुर बुढाथोकीलाई कच्ची घर बिक्री गरेर पैसा लिए पनि पास नगदिएकोले कब्जा गरिएको विप्लव माओवादीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी दोलखाका २० गाविसका जनताको स्वास्थ्य प्रवर्द्धनका लागि भन्दै खरिद गरिएको जग्गा एमाले नेताहरुले आफ्नो नाममा पास गरेकाले कब्जा गरेको विप्लव माओवादीले जनाएको छ ।

एमाले नेताद्वय खड्का र केसीले सञ्चालन गर्न लागेको लामिडाँडा-६ को सामुदायिक स्वास्थ्य प्रवर्द्धन केन्द्रको जग्गामा विप्लव माओवादीले पार्टीको झन्डा गाडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment