Comments Add Comment

विद्यार्थीहरुले फेरि आन्दोलन चर्काउने

८ वैशाख, काठमाडौ । निजी विद्यालयहरुले शुल्क नघटाउने संकेत गरेपछि विद्यार्थी संगठनहरुले फेरि आन्दोलन चर्काउने भएका छन् ।

शिक्षा मन्त्रालयका सहसचिव, शिक्षा विभागका महानिर्देशक तथा निर्देशक र विद्यार्थी संगठनबीच आइतबार शुल्क नबढाउने सहमति भएको थियो । तर सरकारकै प्रमुख ब्यक्तिसँग भएको सहमति कार्यान्वयन नहुने प्याब्सनले जनाएपछि विद्यार्थीहरुले फेरि आन्दोलन चर्काउने तयारी गरेका हुन् ।

वैद्य निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले मंगलवार विज्ञप्ति जारी गर्दै सहमति कार्यान्वयन नभए आन्दोलन चर्काउने जनाएको छ । सम्वन्धित विद्यालय संचालकहरुको संस्थाहरुबाट देखाइएको गैरजिम्मेवार तथा बदनियतपूर्ण ब्यवहारको कडा प्रतिरोध गरिने अध्यक्ष सुरेश गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सहमतिको मसि सुक्न नपाउँदै फेरि आन्दोलनको लागि अकषिर्त गर्न खोजिएको र आफूहरु संघर्ष गर्न तयार रहेको गौतमले बताए । निजी विद्यालयका सञ्चालकहरुले सहमतिको बिरोध गर्न थालिसकेकाले सहमतिबारे सबै संगठनबीच समीक्षा गरी आन्दोलनका कार्यक्रम अघि बढाउने उनले बताए ।

जिल्ला शिक्षा अधिकारीकै निर्णयमा शुल्क बढाइएको विरोधमा वैद्य माओवादी निकट क्रान्तिकारीले निजी विद्यालयहरुको लेखा तथा प्रशासन शाखामा गरेको तालाबन्दीका कार्यक्रमको स्वामित्व लिँदै ९ विद्यार्थी संगठनले आन्दोलन चर्काएपछि आइतवार मन्त्रालय र विद्यार्थी प्रतिनिधिहरुबीच सहमति भएको थियो ।

दुई पक्षबीच शुल्क वृद्धिको निर्णय फिर्ता गर्ने, बढाएर लिएको शुल्क १५ दिन भित्र फिर्ता गर्ने, शुल्कको मापदण्ड निर्धारण गर्न समिति गठन गर्ने, यसअघि विद्यार्थी संगठनहरुबीच भएका सहमतिहरु कार्यान्वयन गर्ने लगायतको सहमति भएको थियो ।

उक्त सम्झौतापत्रमा शिक्षा मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्साल, शिक्षा विभागका महानिर्देशक डा. डिल्लीराम रिमाल र निर्देशक खगेन्द्रप्रसाद रिमाल तथा ९ विद्यार्थी संगठनका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् ।

cfly{s lgb]{lzsf

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment