Comments Add Comment

एभरेष्ट बैंकको नाफा १ अर्ब १९ करोड

Everest bank2८, वैशाख काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनामा एभरेष्ट बैंकले १ अर्ब १९ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको भन्दा १ करोड रुपैयाँले बढी हो ।

 व्याज आम्दानीमा भएको झिनो वृद्धि, राइटव्याक -संभावित जोखिम व्यवस्थाका लागि छुट्याइएको रकम फिर्ता) र फि तथा कमिशनबाट प्राप्त भएको रकम वृद्धि नै बैंकको नाफाको मुख्य आधार देखिएको छ ।

 बैंकले मंगलबार प्रकाशित तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार स्प्रेडका कारण बैंकको व्याज आम्दानी बढ्न नसकेको देखिएको छ । राष्ट बैंकले स्प्रेड दर पाँच प्रतिशत कामय गर्न निर्देशन दिएपछि बैंकको व्याज आम्दानीमा असर गरेको हो । चैत मसान्तसम्ममा बैंकको स्प्रेड ४.८४ प्रतिशत छ गत वर्षको यसै अवधिमा यस्तो अनुपात ५.६५ प्रतिशत थियो ।

गत वर्षको चैतमा २ अर्ब २ करोड रुपैयाँ व्याज आम्दानी गरेको यो चैतमा २ अर्ब ८ करोड रुपैयाँ व्याज आम्दानी गरेको छ । त्यस्तै, गत वर्ष ५४ लाख रुपैयाँ राइटव्यक गरेको बैंकले यो चैतमा अढाइ करोड रुपैयाँ राइटव्याक गरेको छ । त्यस्तै, गत वर्षको चैत्मा १८ करोड रुपैयाँ फि तथा शुल्क उठाएको बैंकले यस वर्ष साढे २२ करोड रुपैयाँ यस्तो शुल्क उठाएको छ ।

 एक वर्षको अवधिमा बैंको निक्षेप ९ अर्ब र ६ अर्ब रुपैयाँले बढेको छ । चैत मसान्तसम्ममा बैंकले कूल ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी साढे ५६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । कारोबारको आकार बढे पनि बैंकले सो अनुपातमा नाफा कमाउन नसकेको हो ।

 एक वर्षको अवधिमा बैंकको कर्मचारी खर्च बढेको छैन भने सञ्चालन खर्च दुई करोड रुपैयाँले बढेको छ । बैंकको निस्क्रीय कर्जा ०.६३ प्रतिशत छ ।

गत वर्षको तुलनामा बैंकको प्रतिसेयर आम्दानी केही घटेको छ । गत वर्षको चैतमा ८० रुपैयाँ रहेको प्रतिसेयर आम्दानी यो चैतमा घटेर ७६ रुपैयाँमा झरेको हो । तर, मुल्य आम्दानी अनुपात भने २७ प्रतिशत छ । पोहोर साल पनि २७ प्रतिशत नै थियो । प्रतिसेयर नेटवर्थ दुई रुपैयाँले बढेर ३२३ रुपैयाँ पुगेको त्रैमासिक वित्तीय विवरणमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment