Comments Add Comment

सेन्ट जेभियर्स स्कूलका फादर टमका हत्यारा पक्राउ

८ बैशाख, काठमाडौं ।  सेन्ट जेभियर्स स्कूल जावलाखेलका फादर टम ग्याफ्नेको हत्याको आरोपमा एक जना पक्राउ परेका छन् ।

Dhal-Bahadur-Khadka,-Gokulहत्या भएको १८ वर्षपछि दोलखा फस्कु ८ का गोकुल भनिने ढालबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको हो । झापाको काकडभिट्टाबाट पक्राउ परेका उनलाई मंगलबार पत्रकार सम्मेलन गरी अपराध महाशाखाले सार्वजनिक गरेको छ ।

घरेलु काममा लगाए वापत पैसा दिन्छु भन्ने गरेको तर नदिएकोले हत्या गरेको उनले बयान दिएका छन् ।

आवश्यक कानुनी कारवाहीको लागि उनलाई महानगरीय प्रहरी परिसर ललितपुर पठाईएको छ ।

सेन्ट जेभियर्स स्कूलका सञ्चालक फादर टम ग्याफ्नेको २०५४ मंसिर २८ गते हत्या भएको थियो । ललितपुरको झम्सिखेलस्थित उनकै कोठामा शव फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment