+
+

बोर्डिङ स्कुललाई सरकारले नियन्त्रण गर्ने कि प्रोत्साहन ?

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ८ गते १२:२३

Fee-of-Bording-Schools

निजी विद्यालयहरुले वृद्धि गरेको भर्ना शुल्क घटाउनुपर्ने विद्यार्थी संगठनहरुले माग गरिरहेका छन् । निजी विद्यालयका सञ्चालकहरुले भर्ना शुल्क कुनै पनि हालतमा नघटाउने अडान राखिरहेका छन् ।

भर्ना विवादसँगै देशमा यतिबेला शिक्षामा निजी लगानी ठीक कि सरकारी लगानी भन्नेबारे बहस प्रारम्भ भएको छ ।  अधिकांश अभिभावकहरुको धारणा के छ भने सरकारी विद्यालयहरुको स्तरवृद्धि गर्न सकियो भने शिक्षामा भइरहेको व्यापारीकरणरोक्न सकिन्छ ।

केही विश्लेषकहरुचाहिँ निजी विद्यालयलाई सरकारले नियन्त्रण गर्नुपर्ने र जति पनि शुल्क लिने परिपाटी अन्त्य गर्नुपर्ने बताउँछन् ।

तपाईको विचारमा राज्यले निजी शैक्षिक संस्थालाई प्रोत्साहन गर्नु राम्रो कि दुरुत्साहन गर्न राम्रो ?

आफ्नो मत व्यक्त गर्नुहोस् :

१. शिक्षामा निजी विद्यालयको योगदान ठूलो छ, तर महंगी बढेकाले भर्ना शुल्क बढाउनु उनीहरुको बाध्यता हो । त्यसैले भर्ना शुल्क बढाउन दिनुपर्छ ।

२. सरकार लाचार भएर यस्तो भएको हो । निजी विद्यालयलाई सरकारले नियन्त्रणमा राख्नुपर्छ र भर्ना शुल्क सरकारले नै निर्धारण गरिदिनुपर्छ । जथाभावी एवं मापदण्ड विपरीत खोलिएका त्यस्ता विद्यालय बन्द गराउनुपर्छ ।

३. निजी विद्यालयलाई गाली गर्नुको साटो  सरकारी विद्यालयलाई राम्रो बनाऔं, सबैले आफ्ना छोराछोरी निजी स्कुलमा पढाऔं, समस्या आफैं समाधान हुन्छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment