Comments Add Comment

जन्मदिनमा मदनकृष्णले भने-‘नेता ज्यू, आफ्नो दाउ हेरेर संविधान नबनाउनुस्’

maha-jodi
वि.सं २००७ साल वैशाख ७ गते नेपाली धर्तीमा जन्म लिएका चर्चित हाँस्यब्यङग्य कलाकार मदनकृष्ण श्रेष्ठ आजबाट ६४ बर्षमा प्रवेश गरेका छन् । ६४ बर्षमा प्रवेश गर्दै गर्दा मदनकृष्णको अनुहारमा उही चमकता र मुस्कान छ । उनलाई थाहा छ, उनी रुदा देश रुन्छ, उनी हाँस्दा देश हाँस्छ ।

सायद यही भएर होला मदनृकष्णको ६४ औं जन्मदिन मनाउँदै गर्दा अर्का कलाकार हरिवंश आचार्यले उनलाई १६४ बर्ष बाच्नुहोस् भनेर शुभकामना दिए ।

हरिवंशको शुभकामनामा केही भावूकता देखियो । उनले भने-‘म त जम्मा १०२ बर्ष मात्र बाँच्छु । तपाईहरु सबै बाँच्नुहुनेछ । त्यतीबेला मेरो अनुपस्थितीमा पनि मदन दाइको जन्मदिन यसरी नै मनाइदिनुहोला ।’ हरिवंशले यसो भनिरहँदा अन्य हाँस्य कलाकारको मुस्कानमा भावुकता देखियो ।

हरिवंशले मनदकृष्णलाई छुन खोजेको रोगलाई अग्लो घरबाट सडकमा भालेर भगाउने बताए । मह जोडी नामले चिनिएका यी कलाकारलाई अर्की कलाकार दीपाश्री निरौलाले बा र काका भन्दै सम्बोधन गरिन् । हाँस्य सिरियल ‘तितो सत्य’को तर्फबाट दिपाले मदनकृष्ण श्रेष्ठलाई हाँस उपहार दिएकी थिइन् ।
maha-jodi-cake-kdatdai
मदनकृष्णले आफ्नो जन्मदिनमा देशको विकासको कामना गरे । उनले देशमा संविधानको ठूलो आवश्यकता रहेको भन्दै संविधान निर्माणकर्ताहरुलाई भने-‘आफ्नो स्वार्थ पुरा गर्नका लागि दाउ हेरेर संविधान नबनाउनुहोस् । नमिलेको वुँदामा आफ्नो फाइदा भन्दा पनि देशको फाइदा हेरेर संविधानमा लेख्नुहोस् ।’

यो बर्ष संविधान बनेको हेर्न पाइयोस् भन्दै उनले आफू अहिले फेरि तन्दुरुस्त भएको र हाँस्य क्षेत्रमा फेरि सक्रिय रुपमा लाग्ने बताए । मान्छे भएर जन्मेपछि काललाई धकेल्दै बाँच्ने हो भन्दै मदनकृष्णले आफू अब विभिन्न कोणबाट देशको उन्नतीका लागि लाग्ने बताए । deepa-and-madan
रेडियो अडियोले आयोजना गरेको मदनकृष्णको जन्मदिन विशेष कार्यक्रममा हाँस्य कलाकारहरु दिपाश्री निरौला, मनोज गजुरेल, शिवहरी पौडेल, जितु नेपाल लगायतले शुभकामना दिएका थिए । कलाकार मनोज गजुरेलले काठमाण्डौमा ‘मह घर’को स्थापना गर्ने प्रस्ताव गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment