Comments Add Comment

फादर ग्याफ्नेका हत्या आरोपी १८ वर्षपछि पक्राउ

८ वैशाख, काठमाडौं । झण्डै १८ वर्षअघि सेन्ट जेभियर्स स्कुलमा कार्यरत फादर थोमस इ ग्याफ्नेको हत्यामा संलग्न अभियुक्त पक्राउ परेका छन् ।

ललितपुर झम्सिखेलस्थित स्कुलमा कार्यरत ग्याफ्नेको २०५४ साल मंसिर २८ गते राति हत्या भएको थियो । झम्सिखेल नजिकैको कोठामा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शव भेटिएको थियो ।

Dhal-bdr-and-Father-Gafney

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दोलखा पस्कु-८ का गोकुल भन्ने ढालबहादुर खड्कालाई पक्राउ परेको छ । खड्कालाई काकटभिट्टाको भारतसँगको सीमा क्षेत्रबाट पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार खड्का फादर ग्याफ्नेको कोठामा घरेलु कामदार थिए । तर, काम गरे वापत पैसा दिएका थिएनन् ।

घटना भएको दिन २८ गते खड्काले खुकुरी लिएर आए टेबल मुनी लुकाएर राखेका थिए । राति साढे १० बजेसम्म कफी खाएर बसेका उनले फादर ग्याफ्नेसँग पैसा मागेको त/m नदिएपछि खुकुरी निकालेर हानेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट देखिएको छ ।

ग्याफ्नेको हत्यापछि दराजमा रहेको २२ हजार लिएर भागेका खड्का कालोपुलमा पुगेर रगत लागेको कपडा फालेर हिडेका थिए । हत्याको भोलिपल्ट दक्षिणकाली गएका खड्का दिउँसो कालिमाटी आउँदा हत्याबारे हो हल्ला भएपछि इटहरी, काँकडभिट्टा हुँदै भारत गएका थिए ।

भारतमा लुकिछिपी बसेका खड्का नेपालको सीमानामा प्रवेश गर्न लागेको सूचनाका आधारमा प्रहरी गएको थियो । प्रहरीले उनलाई सोमबार विहान पक्राउ गरी मंगलबार काठमाडौं ल्याएर सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment