Comments Add Comment

जापानले बनायो कीर्तिमानी गतिमा गुड्ने रेल

Japan-maglev-train

८ वैशाख, काठमाडौं । जापानमा एक रेलले प्रतिघन्टा ६०३ किलोमिटर प्रतिघन्टाको रफ्तारमा गुड्ने विश्व रेकर्ड बनाएको छ ।

यो रेलको टेष्ट रन माउन्ट फुजीमा गरिएको थियो । गत साता भएको परीक्षणमा उक्त ट्रेनले प्रतिघन्टा ५९० किलोमिटरको दुरी पार गरेको थियो ।

जापान सेन्ट्रल रेलवे सेवाले बनाएको यो रेल विद्युतबाट चार्ज हुने चुम्बकको सहायतले चल्छ । यदि यो रेल टोक्यो वा मध्य जापानको शहर नागोयाबीचबाट सुरु गरियो भने २८० किलोमिटरको दुरी ४० मिनेटमा तय गर्नेछ । जुन हालको भन्दा आधा समय हुन्छ ।

एएफपीका अनुसार टोक्योबाट नागोयासम्मको मूलभूत ढांचा तयार गर्न १०० अर्ब डलर खर्च हुनेछ । सन् २०२७ सम्ममा यो रेल सेवा औपचारिक रुपमा सुरु गर्ने जापान सेन्ट्रल रेलवे सेवाको लक्ष्य छ ।

यो सबैभन्दा तीव्र गतिको रेलको यात्रा भने यात्रुहरुले अनुभूति गर्न पाउने छैनन् । यात्रुहरुलाई सेवा दिने क्रममा यो रेल ५०५ किलोमिटर प्रतिघन्टाको गतिमा कुद्नेछ ।

अहिले जापानमा बुलेट ट्रेन ३२० किलोमिटर प्रतिघन्टामा गुड्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment