Comments Add Comment

एसिड आक्रमणमा परेकी किशोरीलाई जापानबाट सहयोग

८ वैशाख, काठमाडौ । केही समय अघि काठमाण्डौमा एसिड आक्रमणबाट सख्त घाईते भएकी संगीता पुलामी मगर र सिमा बस्नेतलाई राप्रपा नेपालको भातृ संगठन प्रवासी नेपाली संगठन जापानले उपचारका निमित्त आर्थिक सहयोग गरेको छ ।

sima donetion
फाइल तस्वीर

जापानमा संकलित ५० हजार जापनिज येन अर्थात नेपाली ३९ हजार पाँच सय अठ्ठाईस रुपयाँ पीडित किशोरीहरुलाई प्रदान गरिएको हो । सहयोग रकम मंगलवार राप्रपा नेपालका अध्यक्ष कमल थापाले पीडित सिमा र संगीताकी आमालाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा प्रदान गरे ।

प्रवासी नेपाली संगठन जापानका अध्यक्ष रघुदिप खड्का र अर्पणराज खरेल लगायतले जापानमा संकलित रकम पार्टीको प्रवासी नेपाली समन्वय विभाग मार्फत नेपाल पठाएका थिए ।

आर्थिक सहयोग प्रदान गर्दै अध्यक्ष थापाले यस घटनाले आफूलाई अत्यन्त दुःखी बनाएको भन्दै पिडितहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरे ।

विभागका प्रमुख श्याम के.सी. र सदस्य सचिव विजय खड्काले पिडाको घाउमा यो थोरै मलम लगाउने प्रयास मात्र भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment