Comments Add Comment

माल्दिभ्सको पोष्टमा नेपालको १० गोल

Nepal-U-14-Football

८ वैशाख, काठमाडौं । एएफसी यू-१४ गर्ल्स क्षेत्रीय फुटबल च्याम्पियनसिपमा नेपालले मंगलबार भएको खेलमा नेपालले माल्दिभ्समाथि शानदार जित हात पारेको छ ।

लगातार दोस्रो जित हात पार्ने क्रममा नेपालले माल्दिभ्सलाई १०-० गोल अन्तरले पराजित गरेको छ । साविकको विजेता नेपालले आफ्नो पहिलो खेलमा इरानलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालनामा भएको खेलमा नेपालले गोलको बर्षा नै गर्‍यो । नेपालका लागि रेखा पौडेल र निर्मला उपाध्यायले हृयाट्रिक गरिन् ।

नेपालले दोस्रो मिनेटमा नै मनिशा राउतको गोलको मदतमा खाता खोलेको थियो । छैटौं मिनेटमा नेपालको अग्रता दोब्बर पारेकी रेखाले ११ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् ।

१४ औं मिनेटमा मन्जली कुमारीले गोल गरिन् भने १५ औं मिनेटमा रेखाले हृयाटि्रक पुरा गर्दा नेपालले ५-० को अग्रता लियो । पहिलो हाफमा थप गोल हुन सकेन ।

५३ औं मिनेटमा संजना लावतीले गोल गरिन् भने ५६ औं मिनेटबाट निर्मला छाइन् । उनले ६५ र ६८ औं मिनेटमा गोल गर्दै हृयाटि्रक पुरा गर्दा नेपाल १०-० ले विजयी भयो ।

मंगलबार नै भएको अर्को खेलमा इरानले श्रीलंकालाई ११-० ले पराजित गरेको छ भने भारत र बंगलादेशले १-१ को बराबरी खेलेको छ ।

तस्वीरः गोल नेपाल 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment