Comments Add Comment

एच एण्ड बी बैंकको नाम परिवर्तन, अब सोसाइटी डेभलपमेन्ट बैंक

Society-Dev-Bank-logo८ वैशाख, काठमाडौं । एचएन्डबी डेभलमेन्ट बैंकले नाम परिवर्तन गरेर सोसाइटी डेभलपमेन्ट बैंक राखेको छ । गुड फर पेमेन्ट चेक दुरुपयोगपछि बैंक विवादमा आएको थियो । बैंकलाई राष्ट्र बैंकले केही महिनाअघि मात्र कारवाही फुकुवा गरेको थियो ।

 साविकको नामबाट बैंकको ख्याति नराम्रो भएको निष्कर्ष निकाल्दै नाम परिवर्तन गरिएको हो । पोखराको हिमचुली विकास बैंक र बाराको वीरगञ्ज फाइनान्स मर्ज भएर राष्ट्रियस्तरको विकास बैंक बनेको एचएन्डबीले मंगलबारदेखि नयाँ नामबाट कारोबार सुरु गरेको हो ।

 बैंकको नवौं बार्षिक साधारणसभाले नाम परिवर्तन गर्ने प्रस्ताव पारित गरेको थियो । बैंकको नयाँ नामका लागि कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल राष्ट्र बैंकले पनि स्वीकृति दिइसकेका छन ।

 ८९ करोड ७९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको ३० वटा शाखा र एक एक्सटेन्सन काउन्टर छ । बैंकसँग चार अर्ब ९० करोड निक्षेप र चार अर्ब ३२ करोड रुपैयाँ कर्जा लगानी छ । बैंकसँग ९२ हजार ग्राहक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment