Comments Add Comment

आरपी ग्रुपले भित्रायो गर्मीका पहिरन

८ चैत, काठमाडौं । आरपी ग्रुपले भारत तथा यूरोपबाट महिलाका पहिरनहरु नेपाली बजारमा भित्राएको छ । कम्पनीले भारतको बिवा, एचएस ब्रान्डका तथा जर्मनी र फ्रान्सबाट सारीहरु ल्याएको छ ।

कम्पनीले जयपुरको लेहन्गा, कुर्ता सुरुवाल, टप्स, लेगिन्स पनि बजारमा ल्याएको जनाएको छ । कम्पनीले न्यूरोडमा रहेको जय अम्बे साडी शो-रुम  र कुलेश्वर र मैतीदेवीमा रहेको आरपी ट्रेडबाट उक्त पहिरनहरु बिक्री वितरण गरिरहेको छ ।

साथै, देशभर रहेका आफ्ना सव-डिलरबाट पनि उक्त पहिरनहरु बिक्री वितरण भइरहेको कम्पनीले जनाएको छ । नेपालभर विवाह वर्तबन्धका उत्कृष्ट पहिरनहरु होलसेल तथा खुद्रा बिक्री भइरहेको आरपी ग्रुपका बजार प्रबन्धक रोशन भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment