Comments Add Comment

फेसबुक भन्छः नक्कली लाइक थुपार्नेको पसल बन्द हुँदैछ

13527381_h22199381सोसल मिडियाको बिगबिगी रहेको अहिलेको युगमा कुनै सेलिब्रेटी, ब्राण्ड वा कम्पनीको फेसबुक पेजमा हुने ‘लाइक’ को संख्याले त्यसको लोकपि्रयताको मापन गर्ने चलन छ । यसो हुँदा आफुलाई बढि लोकपि्रय तथा चर्चित देखाउनका लागि कतिपयले आफ्नो पेजमा नक्कली लाइक (फेक लाइक) थुपार्ने समेत गरेपछि फेसबुकको विश्वसनीयता माथि नै प्रश्न उठ्न थाल्यो ।

आफ्नो लाइक फिचरकै दुरुपयोग गर्नेगरी विश्वभर नै फेसबुक लाइकको व्यवसाय नै हुन थालेपछि फेसबुकले त्यस्तो गलत कार्य विरुद्ध कारवाही नै संचालन गर्नुपर्यो । पछिल्ला दिनहरुमा फेक लाइकको व्यवसाय गर्नेहरु विरुद्ध आफ्नो कारवाही जारी गरेको र यसले सफलता पनि प्राप्त गर्दै गइरहेको फेसबुकको दाबी छ । फेसबुकका अनुसार यस्तो रणनीतिमा खराब कार्य गर्दै व्यवसाय स्थापना गर्नेहरुले आफ्नो ‘पसल’ बन्द गरिरहेका छन् ।

शंकास्पद तथा नक्कली लाइकको पहिचान गर्ने प्रविधिको विकाश र विस्तारपछि फेसबुकलाई यस्तो गलत कार्य गर्ने विरुद्ध कारवाही गर्न सहज बनेको हो । नक्कली अकाउण्ड सिर्जना गरेर, भाइरसजन्य सफ्टवेयरको प्रयोग गरेर तथा लाइक बटन थिच्ने खेतिपातीका लागि तलब दिएरै कर्मचारी नै भर्ति गरेर हुने गरेको नक्कली लाइकको क्रियाकलाप पहिचान गरी बन्देज लगाउनका लागि फेसबुकलाई आधुनिक प्रविधिले सहज बनाइदिएको छ ।

फेसबुकका सेक्युरिटी इन्जिनियर एच केरेम सेवाहिरले आफ्नो ब्लग पोष्टमा लेखेका छन्, ‘नक्कली लाइकलाई रोकथाम गर्नका लागि हामीले प्रयोग गर्दै आएका विधिहरुलाई सुधार तथा अनुकुलन गर्ने कामलाई हामीले निरन्तरा दिएका छौँ । नक्कली लाइकको काम गर्नेहरुले हाम्रो स्पाम नियन्त्रण प्रणालीलाई निस्तेज पार्नेगरी नयाँ नयाँ पद्धतिको प्रयोग गर्ने हुनाले हामीले हाम्रो प्रणालीमा निरन्तर सुधार गरिरहनुपर्छ ।’

यसबाट नक्कली लाइक बिक्रि गर्ने काम रोकिँदै गएको उनको तर्क छ । उनका अनुसार पछिल्लो ६ महिनामा फेसबुकले कुनैपनि पेजमा गरिने लाइकको प्रमाणिकता परीक्षण गरी नक्कली ठहरिएमा त्यसलाई पेजमै पुग्न नदिई रोक्ने कामलाई तेब्बर दरमा बढाएको छ ।
आफ्नो अभियानका कारण अनधिकृत लाइकको व्यवसाय गर्नेहरु धेरैले त्यसलाई त्यागेको फेसबुकको दाबी छ । फेसबुकले कुनैपनि पेजमा रहेका नक्कली लाइकलाई हटाएर सो को जानकारी फेसबुकपेज वालालार्य दिने गरेको छ ।

नक्कली अकाउण्ट तथा गलत नियत भएका मानिसहरुले सिर्जना गरेका लाइकहरु फेसबुक प्रयोगकर्ता, विज्ञापनदाता र फेसबुककै लागि समेत खराब रहेको फेसबुकले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment