Comments Add Comment

प्रियंका र दीपिकाको विशेष डान्स उपहार

deepika-padukone-priyanka-chopra
मुम्बई । एक अर्काको प्रतिस्पर्धी मानिन्छन् प्रियंका चोपडा र दीपिका पादुकोण । तर, यी दुई प्रतिस्पर्धी कलाकारहरुले पछिल्लो पटक एउटै फिल्ममा मुख्य भुमिका निर्वाह गरेका छन् ।

सञ्जयलीला भन्सालीको निर्देशन रहेको ‘बाजीराव मस्तानी’ मा मुख्य भुमिका निर्वाह गरेका नायिकाद्धयले दर्शकलाई विषेश नृत्य पस्किने भएका छन् ।

यो गीतको सुटिङका लागि दुबै हिरोईनले दुई हप्ता विषेश प्राक्टिस गरेका थिए । रेमो डिसुजाको कोरियोग्राफी रहने यस गीतमा ५० डान्सर हुने छन् । ‘देबदास’ बनाएको १२ वर्षपछि निर्देशक भन्सालीले बनाएको यो फिल्म विषेश होस् भन्ने उनको चाहना छ ।

देबदासमा पनि उनले तत्कालिन समयका चर्चित दुई हिरोईन ऐश्वर्या राय र माधुरी दिक्षितलाई मुख्य भुमिकामा अभिनय गराएका थिए । यसमा पनि प्रियंका र दीपिकाको मुख्य भुमिका रहेको छ ।

निर्देशक भन्साली गीतमा धेरै पैसा खर्च गरेर भब्य बनाउने निर्देशकका रुपमा चिनिन्छन् । कोरियाग्राफर डिसुजा भन्छन ‘भन्सालीसँग काम गर्न गार्‍हो छ, उनलाई जस्तो तस्तो कामले चित्त बुझाउन सकिदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment