Comments Add Comment

कुमारी बैंकमा खाता खोल्दा मेदान्त अस्पतालमा उपचार गराउन छुट

Kumari-Bank-and-Medanta-business

९ वैशाख काठमाडौं । कुमारी बैंकमा खाता खोल्ने ग्राहकले भारतको मेदान्त अस्पतालमा उपचार गराउँदा विषेश छुट पाउने भएका छन । बैंक र अस्पतालबीच ‘कुमारी स्वस्थ जिबन बचत खाता’ खोल्ने ग्राहकलाई मेदान्तमा उपचार गराउँदा विषेश छुट दिने सम्झौता भएको छ ।

बुधबार भएको सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरुका लागि इन्टरनेसनल पेसेन्ट डिपार्टमेन्ट अन्तर्गगत छुट्टै सूचना केन्द्र स्थापना गरी प्रि -एप्वायन्टमेन्ट, एडमिशन, कनशलटेशन र फलोअपमा प्राथमिकता दिइने छ ।

त्यसैगरी, अस्पतालमा चेकअप गरेबापत लाग्ने शुल्कमा को-ब्राण्डेड कार्डमार्फत बिल भुक्तानी गर्दा ५ प्रतिशत छुट र ग्राहकले चाहेमा अस्पतालले दिल्ली एयरपोर्टसम्म पुर्‍याउने व्यवस्था गरिएको बैंकका कामु प्रमुख कार्यकारी अधिकृत राजिव रिगरीले जानकारी दिए । गिरीले आगामी दिनमा अन्य अस्पतालहरुसँग पनि यस्तो सम्झौता गर्ने बताए ।

सम्झौतापत्रमा बैंकका सीइओ गिरी र अस्पतालका मार्केटिङ भाइस प्रेसिडेन्ट राजिब मिश्रले हस्ताक्षर गरेका छन । हस्ताक्षरपछि मिश्रले बैंकका ग्राहकलाई दिने सहुलियत अस्पतालको सामाजिक उत्तरदायित्व भएको बताए । यो सम्झौताले नेपाली बिरामीहरुका लागि ठूलो राहत पुग्ने उनको भनाई थियो ।

ग्राहकले न्यूनतम पाँच हजार रुपैयाँ मौज्दातमा कुमारी स्वस्थ बचत खाता खोल्न सक्नेछन । यो खाता खोल्ने ग्राहकले १० हजार रुपैयाँसम्मको औषधिउपचार बीमाको सुविधाका साथै लकर चार्ज, इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ तथा कन्ज्यूमर लोनमा पनि विशेष छुट पाउने बैंकले जनाएको छ ।

हालैमात्र १६औं वर्षमा प्रवेष गरेको बैंकले ३४ शाखा, २ एक्सटेन्सन काउन्टर, ४० एटीएममार्फत ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । यो आर्थिक वर्षमै काठमाडौंको कलंकी र थलीमा दुई वटा शाखा थप गर्ने बैंकले जनाएको छ । चैत मसान्तसम्ममा बैंकले ३१ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment