Comments Add Comment

केजरीवालको र्‍यालीमा किसानले गरे आत्महत्या

kejriwal

९ वैशाख, नयाँदिल्ली । आम आदमी पार्टीले दिल्लीमा निकालेको र्‍यालीका क्रममा एक किसानले आत्महत्या गरेका छन् ।

किसानको आत्महत्यालाई लिएर आम आदमी पार्टी प्रहरीमाथि प्रश्न उठाएको छ । भारतीय जनता पार्टी र कांग्रेसले भने आपमाथि आरोप लगाएका छन् ।

आम आदमी पार्टीले भूमि अधिग्रहण बिल विरुद्ध किसान र्‍याली निकालेको थियो । र्‍यालीमा दिल्लीका मुख्यमन्त्री एवं आपका संयोजक अरविन्द केजरीवाल र उपमन्त्री मनिष सिसोदिया पनि सहभागी थिए ।

Farmar-sucide-at-aap-rally

जन्तरमन्तरमा केजरीवाल मञ्चमा गए लगतै एक किसानले नजिकैको रुखमा पासो लगाएर आत्महत्या गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

हातमा आपको चुनाव चिन्ह झाडु लिएर रुखमा बसेका उनले आफ्नै गम्छाको पासो लगाएका हुन् ।

र्‍यालीमा सहभागीहरुले तत्काल रद्दा गरेर राम मनोहर लोहिया अस्पतालमा अस्पताल पुर्‍याएको थियो । तर, उनको निधन भएको छ ।
आपले भूमि अधिग्रहण बिल अघि बढाए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment