Comments Add Comment

प्रधानमन्त्रीले वेटरको कपाल तान्दै जिस्काएपछि….

New-zealand-prime-minister-John-key

रेष्टुरेण्टमा आतिथ्य सत्कारमा खटिने वेटरलाई गिद्दे नजर लगाउने हिम्मत कसैले गर्दैन् । त्यसमाथि प्रधानमन्त्रीजस्तो विशिष्ट र सम्मानित ब्यक्तिले वेटरसँग मजाक गर्ने कल्पनासमेत गर्न सकिन्न ।

तर, न्यूजिल्याण्डका प्रधानमन्त्री यस्तै हर्कतका कारण यतिबेला समस्यामा परेका छन् ।

न्यूजिल्याण्डका प्रधानमन्त्री जोन कीले अकल्याण्डको एक क्याफेमा काम गर्ने महिलाको कपाल तानेको घटना यतिबेला सार्वजनिक भएको छ । त्यो पनि एकपटक हैन, महिनौंसम्म प्रधानमन्त्रीले यस्तै क्रम दोहोर्‍याइरहे ।

पीडित महिलाका अनुसार कपाल तान्ने क्रम गत नोभेम्बरको चुुनाव अघि नै सुरु भएको थियो । चुनावमा जोनको पार्टीले फेरि जित हात पार्‍यो ।

वेटरका अनुसार जोन जब क्याफेमा आउँथे, उनी खासै वास्ता गर्दिनथिइन । साथै उनले आफ्नो कपाल तानेको कुरा आफूलाई मन नपरेको समेत प्रधानमन्त्रीका सुरक्षा अधिकारीहरुलाई भनेकी थिइन् ।

उनले भनिन्-‘प्रधानमन्त्रीलाई रोक्न गत मार्चमा सिधै भन्नुपर्‍यो । तर, जोनले यसलाई जारी राखे ।’

प्रधानमन्त्रीले हालै माफी माग्नुका साथै व्यक्तिगत रुपमा उनलाई दुई बोटल वाइन दिएका छन् ।

जोनले भने क्याफेका कर्मचारीहरुसँग आफ्नो मित्रबत सम्वन्ध रहेको बताएका छन् । उनले भने-‘हामी त्यहाँ खेल्थ्यौं र ठट्टा पनि गथ्र्यौं ।’
यसैवीच प्रधानमन्त्रीले यस्तो घटनाप्रति माफी मागेका छन् । प्रधानमन्त्रीले समान्य रुपमा यस्तो गरेको र यसका लागि माफी मागेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

महिलाले यो घटनाबारे ब्लग लेखेपछि प्रधानमन्त्री विवादमा आएका हुन् । विपक्षीले घटनालाई लिएर प्रधानमन्त्रीको आलोचना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment