Comments Add Comment

गर्भवती हुँदा के खाने, के नखाने ? भ्रम र वास्तविकता

pregnint

गर्भावस्थामा महिलाहरुले कुन खानेकुरा खान मिल्छ र कुन खानेकुरा खाँदा आमा र बच्चाको जिउलाई हानी पुग्छ ? भन्ने विषयमा विश्वभरी नै विभिन्न खाले मान्यता तथा भनाइहरु व्याप्त छन् ।

दक्षिण कोरियामा गर्भवती महिलालाई समुद्री झारको सुप खुवाइन्छ । दक्षिण अफ्रिकाका जुलु समुदायका गर्भवती महिलालाई इसिलाम्बेजो नामको यस्तो हर्बल जडीबुटी खुवाइन्छ जसमा जनावरको पिसाबदेखि विभिन्न झारपातको धुलो समेत राखिन्छ । इरानमा अनारको जुसलाई निकै हितकर भनेर गर्भवतीलाई खुवाइन्छ भने सेनेगलमा हड्डीको मासी ।

कतिपय खानेकुराहरु भने खानै नहुने भनि गर्भवतीलाई निषेध गरिन्छ । तथापि त्यस्तेा निषेधको वैज्ञानिक अर्थ भने नहुन सक्छ ।

गर्भवती महिलाका लागि माछा सबैभन्दा उपयुक्त भनेर खुबै खुवाइन्छ, तर माछाको सेवन धेरै गर्नाले त्यसमा हुने पारो धातुको उच्च मात्राले असर गर्नेतर्फ ध्यान पूराइँदैन ।

बदाम गर्भवती महिलाका लागि खासै राम्रो नहुने मान्यता छ तर गर्भवती महिलाले प्रसस्त बदाम खाँदा गर्भको बच्चालाई फाइदा पुग्छ र उसमा एलर्जी हुने खतरा कम हुन्छ ।

विज्ञहरुका अनुसार गर्भावस्थाको भोजनका विषयमा वैज्ञानिक तथ्यहरु भन्दा समाजका परम्परागत धारणा र अतिरन्जनाहरुले ठूलो भूमिका खेल्ने गरेका छन् । कतिपय परम्परागत मान्यता तथा प्रचलनहरु ठीकै पनि छन्, जस्तो गर्भवती महिलाले हरियो सागपात खानु उपयुक्त हुन्छ र दिइन्छ पनि । तर नाइजेरियाको ग्रामीण वस्ती जहाँ मानिसहरु शंखेकिरा खाने गर्छन् त्यहाँ गर्भवती महिलालाई शंखेकिरा खान दिइँदैन । गर्भवतीले संखेकिरा खाँदा बच्चा शंखेकिरा झैँ सुस्त हुने धारणा छ उनीहरुमा ।

pregnint 2

त्यस्तै जापानमा पिरो अर्थात् स्पाइसी खानेकुराहरु गर्भवतीले खाएमा जन्मिने बच्चा सन्काहा हुने मान्यता छ । जबकी अमेरिकामा भने गर्भवती महिलाले स्ट्रबेरी तथा खुर्सानीको अचार खानाले जन्मिने बच्चाको सरीरमा विभिन्न खाले चिनोहरु आउने मान्यता छ । उता मेक्सिकोमा भने गर्भवती महिलाले अण्डा खाएमा जन्मिने बच्चाको सरीर गन्हाउने मान्यता राखिन्छ । जबकी फिलिपिन्समा भने सुत्केरी हुन लागेका महिलालाई काँचो अण्डा खान लगाइन्छ ता की त्यसले बच्चा जन्मिने बाटो चिप्लो बनेर सजिलोसँग बच्चा जन्मिन सकोस् ।

उता चीनमा पनि यस्तै अन्धविश्वास रहेका छन् । गर्भवतीले गँगटो खाएमा बच्चा ११ औँले हुने धारणा मानिसहरुमा छ । गर्भवतीले दुध पिएमा बच्चा गोरो हुने विश्वास पनि चिनियाहरुमा छ ।

भारतको आन्ध्र प्रदेशमा गर्भवती महिलालाई मेवा तथा फर्सी खान दिइँदैन, खाएमा गर्भको बच्चालाई ज्वरो आउने विश्वास गरिन्छ । त्यस्तै गुजरातमा भने गर्भवतीलाई दुध, दही तथा केरा खुवाउँदा बच्चालाई चिसो हुने र खेर जाने मान्यता छ ।

तान्जानियाको प्रसँग झनै रोचक छ । उक्त देशका केही भागमा गर्भवती महिलालाई मासु खान दिइँदैन । जनावरको मासु खाँदा बच्चा पनि जनावरजस्तै हुन्छ भन्ने अन्धविश्वास रहेको छ । गर्भवती महिलाले अण्डा खाएमा बाँझोपन हुन्छ भन्ने अन्धविश्वास अफ्रिकाका धेरै ठाउँहरुमा रहेको छ ।

यावत् अन्धविश्वास तथा मान्यताहरु गलत रहेपनि विश्वका धेरै महिलाहरुलाई गर्भावस्थाको भोजन तथा स्वास्थ्यका बारेमा वैज्ञानिक जानकारी उपलब्ध गराउन नसकिँदा उनीहरु पोषणबाट वञ्चित रहेको विज्ञहरु बताउँछन् । विज्ञहरुका अनुसार गर्भावस्थामा महिलाहरुले:

· प्रसस्त फलफूल तथा तरकारी खानुपर्छ, आफ्नो सम्पूर्ण खानेकुराको कम्तिमा पनि पाँच भागमा एक भाग तरकारी तथा फलफूल हुनैपर्छ ।

· माछा, मासु, अण्डा, बदाम तथा गेडागुडी जस्ता प्रोटिनयुक्त खानेकुराको साथै दुध तथा दहीजस्ता क्याल्सियमयुक्त खानेकुरा पनि पर्याप्त खानुपर्छ ।

· काँचो मासु तथा काँचो अण्डा खानु भने हानिकारक हुनसक्छ । – बीबीसीको रिपोर्टमा आधारिकत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment