Comments Add Comment

एसएलसीको उत्तरपुस्तिकामा विद्यार्थीले लेखे चिठ्ठी

SLC COPY CHECKING with Bags

१० बैशाख, लमजुङ । ‘गणित विषयमा म कमजोर छु । म पास हुन सकिन भने परिवारले विवाह गरिदिन्छन् । अझै पढ्न चाहन्छु, त्यसैले मलाई पास गराइदिनुस् ।’ एसएलसीको उत्तरपुस्तिकामा यस्ता अनुरोध पनि भेटिने गरेका छन् ।

जिल्ला शिक्षा कार्यालय लमजुङमा चलिरहेको एसएलसी परीक्षाको उत्तरपुस्तिका चेकजाँचका क्रममा उत्तरपुस्तिकासँगै यस्ता आग्रह पत्र भेटिने गरेका छन् । उत्तरपुस्तिका परीक्षण गर्दा कापीमै रुपैयाँ राख्नुका साथै एसएलसी उत्तीर्ण नभएमा घरमा विवाह गरिदिने जस्तो गुनासो र दुखेसो पोख्दै पास गरिदिन अनुरोध गरिएको गोरखापत्रमा खबर छ ।

अनिवार्य अंग्रेजी, गणित, विज्ञानलगायतका विषयमा उत्तरपुस्तिकाभित्र रुपियाँ र चिठी फेला परेको कापी परीक्षणमा सहभागी त्रिभुवन विद्याश्रम मावि भुजुङका प्रधानाध्यापक खेमराज खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment