Comments Add Comment

मलेसियाका ५२ कम्पनीलाई नेपाली कामदार लैजान प्रतिबन्ध

१० वैशाख, काठमाडौ । ठूलो संख्यामा रोजगार उपलब्ध गराउँदै आएको मलेसियाका ५२ कम्पनीलार्इ नेपाली कामदार लैजान प्रतिबन्ध लगाइएको छ । ५२ कम्पनीमाथिको प्रतिबन्धले नेपालको विप्रेषण आप्रवाहमा असर पर्ने देखिएको छ ।
kuala-lumpur-malaysia-photos-2
नेपालको मुख्य श्रम गन्तब्यमध्येको एक मलेसियामा पूर्व निर्धारित सहमति अनुसार सेवा सुविधा उपलब्ध नगराएको, शारीरिक तथा मानसिक यातना दिइएको लगायत कारण देखाएर नेपाल सरकारले ती कम्पनीमाथि कामदार लैजान प्रतिबन्ध लगाएको अभियान दैनिकमा खबर छ ।

गत फागुनको मध्यतिर प्रतिबन्ध लगाइएपछि अहिले मलेसिया जाने कामदारको संख्या र मलेसियाबाट प्राप्त हुने विप्रेषणसमेत घटेको छ । कम्पनीले सच्चिएको तथा नेपाली कामदारमाथि कुनै किसिमको ज्यादति नगर्ने प्रतिवद्धता नदेखाएसम्म उनीहरुमाथिको प्रतिबन्ध खुला गर्न नसकिने वैदेशिक रोजगार विभागका सूचना अधिकारी गम्भीरमान विष्टले बताए ।

नेपालको विप्रेषण आप्रवाहको मुख्य स्रोतका रुपमा वैदेशिक रोजगारमा गएका कामदारलाई लिइने गरिनन्छ । चालु आर्थिक वर्ष २०७१/७२ को फागुनसम्ममा कुल ३ खर्ब ७० अर्ब रुपैयाँ विप्रेषण आप्रवाह भएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment