Comments Add Comment

एनसेलले तीन महिना मै कमायो १३ अर्ब ४० करोड

१० वैशाख, काठमाडौ । दूरसञ्चार कम्पनी एनसेलले सन् २०१५ को पहिलो तीन महिनामा १३ अर्ब ४० करोड आम्दानी गरेको छ । यो सन् २०१४ को सोही अवधिको तुलनामा झण्डै ४५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको पहिलो तीन महिनामा नौ अर्ब रुपैयाँ आम्दानी गरेको एनसेलको प्यारेन्ट कम्पनी टेलियासोनेराले सार्वजनिक गरेको पहिलो त्रैमासिक प्रतिवेदनमा उल्लेख छ, आर्थिक अभियानमा खबर छ ।
Customer at newly inaugurated Ncell Center in Baglung final 2
उक्त अवधिमा एनसेलले मोबाइलमार्फत हुने कुराकानीको समयावधि पनि बढेको छ । सन् २०१५ को जनवरीदेखि मार्चसम्म एनसेलको सिम प्रयोग गर्ने प्रति ग्राहकले औषतमा एक महिनामा एक सय ४१ मिनेट कुराकानी गरेको प्रतिवेदनमा उल्लेख छ ।

यो समय अघिल्लो वर्षमा सोही अवधिको तुलनामा औषत ४ मिनेटले कम हो । उक्त अवधिमा एक महिनामा प्रतिग्राहक एक सय ४५ मिनेट कुराकानी गरेको प्रतिवेदनले देखाएको । नेपाल दूरसञ्चार प्राधिकराण्को पहिलो तथ्याङ्क अनुसार नेपालमा एनसेलको ग्राहक संख्या एक करोड २१ लाख २ हजार पुगेको छ ।

समीक्षा अवधिमा एनसेलको मुनाफामा पनि करिब ४१ प्रतिशतले बढेको छ । उक्त अवधिमा एनसेलले ७ अर्ब ८५ करोड ८७ लाख सञ्चालन मुनाफा आर्जन गरेको प्यारेन्ट कम्पनीको वेबसाइटमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment