Comments Add Comment

हर्नान्डेजको गोलमा रियल मड्रिड सेमिफाइनलमा

Javier Hernandez

१० वैशाख, काठमाडौं । जाभियर हर्नान्डेजले खेलको अन्तिममा गरेको गोलको मदतमा साविकको विजेता रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको दोस्रो लेगमा रियल मड्रिडले चिरप्रतिद्वन्द्वी एथ्लेटिको मड्रिडलाई १–० ले पराजित ग¥यो । पछिल्लो आठ मड्रिड डर्बीमा रियलको यो पहिलो जित समेत हो ।

जितसँगै समग्रमा १–० को जित निकाल्दै रियल मड्रिडले अन्तिम चारमा स्थान बनाएको छ । पहिलो लेग गोलरहित बराबरीमा सकिएको छ ।

सान्टिएगोमा भएको खेलको अधिकांश समय एथ्लेटिको मड्रिडले रियललाई गोल गर्ने कुनै मौका दिएन । तर, ७५ औं मिनेटमा एल्थेटिको मड्रिडका टुरानले पाएको रातो कार्ड रियलका लागि निकै महत्वपूर्ण भयो ।

८८ औं मिनेटमा हर्नान्डेजले गोल गरे । उनले रोनाल्डोको पासमा गोल गरेका हुन् ।

युभेन्टस पनि अन्तिम चारमा

Juventus

अर्को खेलमा मोनाकोसँग गोलरहित बराबरी खेलेको युभेन्टस समग्रमा १–० को जित निकाल्दै सेमिफाइनलमा पुगेको छ ।

पहिलो लेग युभेन्टसले १–० ले जितेको छ । यससँगै सेमिफाइनल समिकरण पुरा भएको छ । बार्सिलोना र बार्यन म्युनिख यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment