Comments Add Comment

बुहारीको हात समाउँदै चेन्नई पुगे अमिताभ

amithab-1

मुम्बई । हामीकहाँ ससुरा-बुहारीले हात समाउँदै हिडेको दृष्य कल्पना गर्न सकिन्न । तर, बलिउड दुनियाँ निकै अगाडी पुगिसकेको छ, त्यहाँ ससुरा बुहारी हुन् कि बाबु छोरी छुट्टाउन कठिन हुन थालेको छ ।

हालै अभिनेता अमिताभ बच्चनले आफ्नी बुहारी ऐश्वर्या रायको हात समाउँदै चेन्नईको सार्वजनिक कार्यक्रम पुगेको दृष्य यतिबेला भाइरल बनेको छ ।

चेन्नईमा एक गहनाका ब्राण्ड सार्वजनिक गर्ने कार्यक्रममा अमिताभले बुहारीको हात समाउँदै पुगेका थिए । सोही तस्वीर उनले आफ्नै फेसबुक मार्फत् सार्वजनिक गरेका हुन् ।

amithab-2

उनीहरुको उपस्थिती यति सारो चर्चाको विषय बन्नुको कारण बच्चन खान्दानका यी ससुरा बुहारीको प्रेम र सम्मानको दृष्य नै हो । उनीहरु आफै सेल्फीमा मस्त हुन थाले भने अंगालो मार्दैै तस्वीरका लागि पोज पनि दिए ।

ऐश्वर्या गोल्डेन रंगको पोशाकमा प्रस्तुत भएकी थिईन् भने अभिताभको स्टाईल दक्षिण भारतीय कलाकारको जस्तो थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment