Comments Add Comment

जनता बैंकले किसानलार्इ अढाइ करोडसम्म ऋण दिने

Janata-banka१० वैशाख, काठमाडौं । जनता बैंकले किसानलाई सहजै कर्जा दिने घोषणा गरेको छ । बैंकले प्रतिकिसान ५० हजार देखि २ करोड ५० लाख रुपैयाँसम्म कर्जा दिने घोषणा गरेको हो ।

कृषिलाई व्यवसायिक बनाउने उद्देश्यले बैंकले कर्जा दिन थालेको र यसले किसानलाई उद्यमशिल बनाउने बैंकले विश्वास गरेको छ । बैंकले आफ्ना सबै शाखाबाट कृषि कर्जा दिनेछ ।

कृषि कर्जा अन्य कर्जाको तुलनामा सरल, सहज र किसानमैत्री हुनुका साथै प्रोसेसिङ्ग समय पनि छिटो हुनेछ । यो कर्जामा नेपाल राष्ट्र बैंकको युवा कृषि कर्जा कार्यबिधी अनुसारको व्याज छुटको फाइदा समेत लिन सकिने छ ।

बैंकले पूर्वी पहाडी जिल्ला ताप्लेजुङ्गदेखि सुदुरपश्चिममा दार्चुलासम्म र तराईमा पूर्वको बिर्तामोडदेखि सुदूरपश्चिमको महेन्द्रनगरसम्मका ३५ वटा शाखा स्थापना गरेको छ ।

बैंकको एक एक्सटेन्सन काउन्टर तथा २८ वटा एटिएमहरु र एक ब्राण्चलेस बैंकिङबाट पनि सेवा दिइरहेको छ । हालसम्म बैंकमा २१ अर्ब २४ करोड रुपैयाँ निक्षेप जम्मा भएको छ भने १८ अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment