Comments Add Comment

श्रीलंकामा पूर्व राष्ट्रपतिका भाइ पक्राउ

basil-rajapakse

१० वैशाख, काठमाडौं । भ्रष्टाचारको आरोपमा श्रीलंकाका पूर्व राष्ट्रपति महिन्दा राजपाक्षेका भाइलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महिन्दाका कान्छा भाइ बासिल राजपाक्षे छन् । उनी महिँदा राजपक्षे सरकारमा आर्थिक मन्त्री समेत थिए ।

मन्त्री हुँदा सरकारी धनको गलत प्रयोगको आरोपमा पक्राउ परेका उनीसँग प्रहरीले घन्टौं बयान लिएको थियो । सोधपुछपछि उनलाई हिरासतमा राखिएको बीबीसीले जनाएको छ ।

समाचार एजेन्सी एफएपीका अनुसार उनलाई जनसम्पत्ति अपराध अन्तरगत आरोप लगाएको छ र उसमा धरौटीमा छोड्ने सम्भावना नरहेको बासिल राजपाक्षेका वकिलले बताएका छन् ।

बासिलसँगै उनीसँग काम गरेका दुई वरिष्ठ अधिकारी पनि पक्राउ परेका छन् । तीन जनामाथि जनताका लागि आवास योजना कार्यक्रममा करिव ७ करोड भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

गत जनवरीमा भएको राष्ट्रपति चुनावमा महिन्दा राजपाक्षे पराजित भएका थिए । उनलाई पराजित गर्दै राष्ट्रपति बनेका सिरिसेनाको सरकारले भ्रष्टाचारविरुद्ध अभियान नै चलाएको छ ।

चुनावी हारपछि बासिल अमेरिका गएका थिए । मंगलबार श्रीलंका फर्किए लगतै उनी पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment