Comments Add Comment

एनआरएनए अमेरिकाको चुनावमा ७० प्रतिशत बढी मत खस्यो

nrn usa logoवासिंगटन डीसी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका राष्ट्रिय समन्वय समितिको नयाँ कार्य समितिको लागि भएको चुनावमा ७० प्रतिशतभन्दा बढी मत खसेको छ ।

अनलाइनबाट ७०.२ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ । अप्रिल १६ देखि सुरु भएको मतदान अप्रिल २० सम्म चलेको थियो । अनलाइन तथा हुलाकबाट मतदान गर्न सक्ने ब्यवस्था मिलाइएको थियो ।

आगामी दुई वर्षे कार्यकालका लागि आधा दर्जन अध्यक्षका प्रत्यासी छन् । अध्यक्षमा डा.केशव पौडेल, नगेन्द्र पौडेल, गणेश कुवँर, रमा सिंह, श्री पराजुली र दुर्गा दाहाल प्रतिष्पर्धी छन् ।

प्रारम्भिक गणना अनुसार अध्यक्षमा डा. केशव पौडेल अग्रस्थानमा रहेका छन् । सामाजिक सञ्जालहरूमा उनलार्इ बधार्इ दिन थालिएको छ ।

dr keshav poudel
डा. केशव पाैडेल

मिडिया कोआर्डिनेटरमा सर्वज्ञ वाग्ले, युवा कोअर्डिनेटर वर्षा मोक्तान र महिला कोअर्डिनेटरमा राधा पौडेल भने निर्विरोध चुनिएका छन् ।

एक वरिष्ठ उपाध्यक्ष पदका लागि कृष्ण पोखरेल, नेदेन डोंगला, शिव विष्ट र विश्व साह गरी चार जना प्रतिष्पर्धी छन् । चार जना उपाध्यक्षका लागि १२ जना प्रतिष्पर्धी छन् । उपाध्यक्षमा डिल्ली भट्टराई, बन्दना कोइराला, रविना थापा, राम पोखरेल, सीता खरेल, गोपेन्द्र भट्टराई, ज्ञानदीप लामा, मोहन थापा, मोहन तिमिल्सिना, उमा थापा, सञ्जिव श्रेष्ठ र बलराम थापा प्रतिष्पर्धा गरिरहेका छन् ।

यसैगरी एक जना सचिवका लागि शंकर खड्का, राजेश सापकोटा र नेत्रप्रसाद पाण्डेबीच घम्साघम्सी छ भने एक सहसचिवमा पुष्पलता भण्डारी, संगीता लम्साल र प्रकाश बस्नेत प्रतिष्पर्धामा छन् । एक कोषाध्यक्ष पदमा प्रसन्न संग्रौला र वेदराज बस्नेतको प्रतिष्पर्धा छ भने एक सहकोषाध्यक्ष पदमा प्रकाश सापकोटा र रविन बज्राचार्यबीच प्रतिष्पर्धा छ ।

एनआरएन प्रवक्ताका लागि लक्ष्मी बजगाईँ र रामप्रसाद खरेल चुनावी प्रतिष्पर्धामा छन् । १० जना बोर्ड सदस्यका लागि भने २१ जना उम्मेदवार छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment