Comments Add Comment

अग्नि ग्रुपले प्रदान गर्‍यो पञ्चरत्न अवार्ड

Agni-Pancharatna-Award-2

१० वैशाख, काठमाडौं । महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी ग्रुपले दोस्रो पञ्चरत्न अवार्ड वितरण गरेको छ ।

कम्पनीले बीरजञ्जको होटल पुजनमा भव्य समारोह आयोजना गरी मन्हिद्रा ट्रयाक्टर नेपाल पञ्चरत्न सेल्सम्यान एण्ड मेकानिक अवार्ड-२०१५ वितरण गरेको हो ।

कम्पनीले सेल्सम्यान र मेकानिकतर्फ गरी दुई विद्यामा अवार्ड प्रदान गरेको छ । सेल्सम्यानतर्फको अवार्ड नारायणगढस्थित साई अटो प्वान्टका सुरेन्द्र पौडेलले हात पारेका छन् भने मेकानिकतर्फको अवार्ड पोखराको एसबी अटोमोबाइल्सका सञ्जिव कुमार चौधरीले हात पारे ।

सेल्सम्यान विद्यामा फष्ट रनरअप एसबी अटोमोबाइल्स पोखराकै अमृत सुवेदी भएका छन भने सेकेन्ड रनर अप आरती अटोमोबाइल्स विराटनगरका डिल्लीराज बस्नेत भए ।

यसैगरी मेकानिक विद्याबाट फष्ट रनरअप श्रीकृष्ण डिष्ट्रीब्यूटर जनकपुरका सतिश कुमार मिश्र भएभने प्रतिष्ठा इन्टरनेशनल नेपालगञ्जका अनुल जेडा सल्मानी भएका छन् ।

Agni-Pancharatna-Award-4

अबार्डका लागि देशभरका सेल्स तथा सर्भिस क्षेत्रबाट १९ जनाको सहभागीता रहेको थियो । अवार्डका लागि अपि्रल १८ र १९ गते महिन्द्रा ट्रयाक्टरका विभिन्न मोडलबारे सहभागीहरुलाई सैद्धान्तिक एवं प्रयोगात्मक तालिम प्रदान गरिएको थियो ।

महिन्द्रा एण्ड महिन्द्राका पार्थ सारथी बेनर्जी, अग्नि ग्रुपका रुद्र केसी, दिनेश निरौला र प्रताप खड्कालगायतले सेल्सका उम्मेदवारहरुलाई तालिम प्रदान गरेका थिए भने महिन्द्रा एण्ड महिन्द्राका अनिरुद्र बर्थवाल, जितेन्द्र सिंह र अग्नि ग्रुपका बसन्तबाबु सर्राफ र दिपक आचार्यले मेकानिक उम्मेदवारलाई प्राविधिक तालिम प्रदान गरेको थिए ।

तालिममा एक्साइड ब्याट्री, एपोलो टायर, माइको पम्प र शक्तिमान रोटाभेटरका प्रतिनिधिहरुले सहभागी उम्मेदवारलाई आ-आफ्नो प्रोडक्टका बारेमा जानकारी गराएका थिए ।

तालिमपश्चात लिखित परीक्षा र अन्तवार्ताबाट उत्कृष्ट उम्मेदवार छनौट गरेको कम्पनीले जनाएको छ । Agni-Pancharatna-Award-3Agni-Pancharatna-Award

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment