Comments Add Comment

मानव अधिकार हननकर्ता नै शान्ति मिसन प्रमुख

११ बैशाख, काठमाडौं । गम्भीर मानव अधिकार उल्लघंनको आरोप लागेका प्रहरी बरिष्ठ उपरीक्षक देवबहादुर बोहोरा नै संयुक्त राष्ट्र संघको शान्ति मिसनअन्तर्गतको डार्फर मिसनमा कन्टिनेन्ट कमान्डर भएर गएका छन् । गत डिसेम्बरमा बोहोराकै कमान्डमा शान्ति मिसन पुगे पनि प्रहरी प्रधान कार्यालय मौन रहेको राजधानीमा खबर छ ।

मिसन जानुअघि उनी प्रहरी प्रधानकार्यालयकै मानव अधिकार एकाइ प्रमुख थिए ।

राष्ट्रिय मानव अधिकार आयोगले जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत रहँदा बोहोराले गम्भीर मानव अधिकार उल्लंघन गरेकाले पीडितहरुलाई ५० हजार क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको थियो ।

सत्य मावि पाण्डुसेन बाजुराका पीडित शिक्षकहरु गणेशबहादुर सिंह, लालबहादुर बम र प्रेमबहादुर रोकायाले आयोगमा उजुरी गरेका थिए । आयोगको उजुरी नम्बर ३९९ मा रहेको छ ।

उक्त उजुरीमाथि छानबिन गर्दा बोहोरासहितको टोलीले यातना दिएको र उनी नेतृत्वको सुरक्षाकर्मी दोषी देखिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment