Comments Add Comment

शुक्रबारका दैनिक पत्रिकामा बिजनेस खबर

राजधानीबाट शुक्रबार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले आर्थिक वृद्धिका लागि पूर्वाधारमा दोब्बर लगानी, तीन क्यासिनो साउनदेखि पुनः सञ्चालन, राष्ट्र बैंकसँगै छैन नयाँ चेक शीर्षकमा प्रमुख खबर छापेका छन् ।

अन्नपूर्ण पोष्टमा आर्थिक वृद्धिका लागि पूर्वाधारमा दोब्बर लगानी, घरेलु कामदार पठाउन खुला, उद्योग मन्त्रालय र आईएफसीबीच सहमति, पर्यटन बोर्डको कार्य सञ्चालन नियमित, दूरसञ्चार र इन्टरनेट सेवा सुधार्न निर्देशन, नेपाल बंगलादेश सहसचिवस्तरीय सम्झौता सम्पन्न लगायतका खबर छन् ।

नागरिक दैनिकमा राष्ट्र बैंकसँगै छैन नयाँ चेक, लोडसेडिङ फेरि घट्यो, पोखराको पर्यटनमा आईएफसीको चासो, पर्यटन बोर्डमा ९ करोडमात्र खर्च, दूरसञ्चारमा संसदको चासो, कच्चा पदार्थ आयात बढ्दो लगायतका खबर छन् ।

कारोबार दैनिकमा २३ जिविसले भत्तामै सिध्याए ६ करोड, जुट उद्योगलाई इतिहास जोगाउनै गाह्रो, पर्यटन बोर्डमा सीईओ नियुक्त गर्ने तयारी, दूरसञ्चारको गुणस्तर सुधार्न निर्देशनै निर्देशन, सेयर बजार ४ अंकले घट्यो, नेपालीलाई अनराइभल भिसा, जापान तीन वर्षपछि ब्यापार बचतमा लगायतका खबर छन् ।

आर्थिक अभियानमा तीन क्यासिनो साउनदेखि पुनः सञ्चालन, केन्द्रीय बैंक थप शक्तिशाली, प्रतिब्यक्ति विकास सहायता परिचालन, धनगढी र महेन्द्रनगरलाई औद्योगिक कोरिडोर बनाइँदै, दैनिकीमा फर्कियो नेपाल पर्यटन बोर्ड, चिनियाँ सेयर सात वर्षकै उचाईमा लगायतका खबर छन् ।

eco0

eco1

eco2

eco3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment