Comments Add Comment

वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउन खुला

Sanu's House Homestay

११ वैशाख, काठमाडौ । सरकारले वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउन खुला लगेकेा छ । मन्त्रिपरिषदको सामाजिक समितिले वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७२ गत मंगलबार स्वीकृत गरेपछि सरकारलाई आफ्ना नागरिक विदेशमा घरेलु कामदारका रुपमा पठाउने बाटो खुला भएको हो ।

यसअघि गएकाहरु समस्यामा परेपछि दुई वर्षअघि सरकराले घरेलु कामदार पठाउन रोक्का गरेको थियो ।

विगतमा ब्यक्तिगत तवरबाट घरेलु कामदार पठाउने गरिएकामा अव ब्यक्तिले पठाउन पाउने छैनन् । अबदेखि म्यानपावर कम्पनीले मात्र घरेलु कामदार पठाउन पाउने अन्नपूर्ण पोष्टमा खबर छ ।

ब्यक्तिगत रुपमा पठाउँदा समस्यामा परेमा जिम्मेवारी लिने कोही नहुने भएकाले त्यसरी पठाउन रोकिएको श्रम तथा रोजगार मन्त्रालयले जनाकारी दिएको छ । घरेलु कामदार पठाउने म्यापावरलाई वैदेशिक रोजगार विभागमार्फत छुट्टै सूचीकृत गरिनेछ । हाल सञ्चालनमा रहेका म्यानपावर कम्पनीले नै तोकिएका मापदण्ड पूरा गरी घरेलु कामदार पठाउन पुनः सूचीकृत गर्नुपर्ने ब्यवस्था निर्देशिकाले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment