Comments Add Comment

अाजदेखि दैनिक एक घन्टा लोडसेडिङ घट्यो (तालिकासहित)

१२ बैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले दैनिक एक घन्टा लोडसेडिङ घटाएको छ । शनिबारदेखि लागू हुनेगरी प्राधिकरणले एक घन्टा लोडसेडिङ घटाएको हो ।

दैनिक आठ घन्टा हुँदै आएको लोडसेडिङ शनिबारदेखि दैनिक सात घन्टाभन्दा कम हुनेछ ।

नदीहरुको जलस्तर बढेको तथा कुलेखानी जलविद्युत आयोजनाको सञ्चितिमा सुधार आएपछि लोडसेडिङ घटाएको प्राधिकरण प्रणाली सञ्चालन विभाग प्रमुख भुवनकुमार क्षेत्रीले बताए ।

हाल विद्युतको माग १२ सय मेगावाट छ । प्रणाली सञ्चालनमा अझै साढे पाँच सय मेगावाट विद्युत अपुग छ ।

लोडसेडिङको नयाँ तालिका

Loadseding

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment