Comments Add Comment

छोरीको जन्मदिनमा बेल्जियमका नेपालीद्वारा १० लाखको अक्षयकोष

belgium koshवेल्जियम ।आफ्नी छोरी प्रकृति रेग्मीको १८ औँ जन्मोत्सवमा अवसरमा बेल्जियममा रहेका नेपाली कृष्णप्रसाद रेग्मीले १० लाख रुपैयाँको ‘छोरी’ अक्षयकोष स्थापना गरेका छन् । अक्षयकोषलाई एक करोड रुपैयाँसम्म पुर्रयाइने र यसबाट चितवनका पहाडी गाविसका ‘छोरी’हरुको शिक्षा र स्वास्थ्यमा रकम खर्च गरिने रेग्मीको योजना छ ।

कविलास, काउले, कोराक, चण्डीभञ्ज्याङ, दाहाखानी र सिद्धिका किशोरीहरुको शिक्षा र स्वास्थ्यका लागि स्थापना गरिएको यो अक्षयकोषले ‘छोरी’हरुलाई वृत्तिविकास र स्वालम्वन बनाउन मद्दत पुर्रयाउने रेग्मीले बताए ।

‘सामान्यतया युरोपमा छोरा छोरी १८ वर्ष पुगेपछि वालिग र स्वतन्त्र हुन्छन् । यसैले उनीहरुको नाममा केही सामाजिक अभियान सञ्चालन गर्ने उद्देश्यले यो अभियान थालिएको हो’–रेग्मीले भने । १८ वर्ष उमेर पुगेपछि उनीहरु कानूनी रुपमा सवल हुन्छन् र यहाँ यो उमेरलाई पर्वकै रुपमा मनाइने चलन रहेको पनि उनले जानकारी दिए । उनले सो अवसरलाइ रचनात्मक कार्यमा परिणत गरेको वताए ।

कोषको नाम नै ‘छोरी’ भएकाले यसलाई चितवनका विभिन्न सामाजिक अभियन्ताहरुको सहकार्यमा गैरसरकारी संस्थाको रुप दिँदै चितवन र बेल्जियम दुबै ठाउँमा दर्ता गरिने उनले जानकारी दिए ।

सो अक्षयकोष चितवन जिल्लाको जुगेडीमा केन्द्रीत बनाई पहाडी ईलाकाका छोरीहरुको शिक्षा र स्वास्थ्यमा परिचालन गरिने लक्ष लिईएको छ । रेग्मीले स्थापना गर्ने सो अक्षयकोषको संरक्षकमा आफ्ना पिता धर्मानन्द रेग्मी र आमा खीनाकुमारी रेग्मी संरक्षक रहने जानकारी गराइएको छ ।

रेग्मी सामान्य किसान परिवारका व्यक्ति हुन् र अहिले उनी बेल्जियमसम्मको राजनीतिमा क्रियाशील छन् । बेल्जियमको ठूलो राजनीतिक दल एनभीएको क्षेत्रीयस्तरको नेतासमेत रहेका रेग्मीको दल अहिले बेल्जियमको सत्तामा समेत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment