Comments Add Comment

बेलायतबाट छोराकाे याेगदानका लागि आमालाई पदक

UK sonकाठमाडौं । बेलायतमा व्यवसाय गरेर बसेका गैरआवासीय नेपाली रविजंग लामिछानेले नेपालमा गरेको योगदानलाई समेत मूल्यांकन गर्दै पर्वतकी समाजसेवी रुक्मिणा लामिछानेलाई सरकारले जनसेवाश्री पदक प्रदान गरेको छ । राष्ट्रपति रामवरण यादवको हातबाट लाछिानेलाई सो पदक प्रदान गरिएको हो ।

with devid camroon
बेलायती प्रधानमन्त्री डेभिड क्यामरूनसँग रविजंग लामिछाने

राष्ट्रपति भवन शीतल निवासमा यसै साता आयोजित समारोहमा रुक्मिणालाई पदकबाट सुशोभन गरिएको थियो । रुक्मिणाका पति स्वर्गीय चन्द्रजंग लामिछानेको स्मृतिमा काठमाडौंको धुम्बाराहीमा १ करोड ७० लाखको मन्दिर तथा भजनकिर्तन मण्डल स्थापना तथा अक्षयकोष स्थापना गरेर शुरु भएको समाजसेवा धार्मिक कार्यमा मात्र सीमित नभई बाढी पहिरो पीडित र असहायहरुको सहयोगमा समेत लगाएकाले सरकारले गैरआवासीय नेपाली लामिछानेको परिवारलाई सम्मान गरेको गृह मन्त्रालयले जनाएको छ ।

लामिछाने परिवारले अनाथ बालबालिकाहरुलाई बिभिन्न निजी स्कूलमा आफ्नै खर्चमा पढाइरहेका छन् । यसैवर्ष सिन्धुपाल्चोकको जुरेमा गएको विनाशकारी पहिरोमा परि धनजन गुमाएका परिवारलाई बेलायतबाट व्यक्तिगत रुपमै रविले करीव ५ लाख नगद तथा अन्य सहयोग प्रदान गरेका थिए । लामिछानेले बेलायतको लण्डनस्थित स्वीनगेट लेनमा पहिलो हिन्दु मन्दिर बनाउन आर्थिक सहयोग गरेका छन् ।

नेप्लीज हिन्दु फोरम युकेका संस्थापक सदस्य लामिछानेले बेलायतमा हिन्दू धर्म प्रचारप्रसारमा योगदान पुर्‍याएका छन् । उनी बेलायमा समस्यामा परेका नेपालीलाई सघाउने गरेका छन् । लामिछानेले आगामी वर्ष चन्द्रजंग लामिछाने फाउन्डेशन मार्फत नेपालभरका थप कम्तिमा ४० अनाथ बालवलाकिालाई निःशुल्क शिक्षा दिने घोषणा गरिसकेका छन् । उनी बेलायती प्रधानमन्त्री डेभिट क्यामरुन निकट मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment