Comments Add Comment

हावाबाट बिजुली बाल्न पाएपछि स्थानीय हर्षित

११ वैशाख, परासी । नवलपरासीको विकट पहाडी धैबादी गाउँ विकास समितिमा हावाबाट बिजली बाल्न पाएपछि स्थानीयहरू खुसी भएका छन् ।

नेपालमै पहिलो पटक वायु सौर्य ऊर्जा उन्नत प्रविधि हावाबाट बिजुली निकाल्ने प्रविधि विधिबाट बिजुली बाल्न पाएपछि स्थानीयहरू खुसी भएका हुन् ।

जसबाट पहाडी धौबादी गाविसका ६० घरपरिवारले बिजुली बाल्न पाएका छन् ।

जडित बायु सौर्य ऊर्जा उन्नत प्रविधिबाट १२ किलोवाट बिजुली निकालिएको हो । जसअन्तर्गत १० किलोवाट वायु ऊर्जा र दुई किलोवाट सोलार प्रविधिबाट निकालिएको छ ।

नेपालमै पहिलो पटक हावाबाट बिजुली निकाल्ने यो प्रविधि नवलपरासीको पहाडी धैबादीको रुद्रपुर गाउँमा छ ।

विशेष गरी नवपरासीको धैवादीलाई नवीकरणीय ऊर्जाको क्षेत्रमा नमुना गाउँ बनाउने उद्देश्यका साथ एसियाली विकास बैंकले दुई वर्षअघि सो प्रविधिको जडान गरिदिएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment