Comments Add Comment

व्रतवन्धमा पाहुना आएका ५ आफन्तलाई खुकुरी प्रहार

Rautahat-Khukuri-Prahar

  • खुकरी प्रहारबाट घाइते भएका एक व्यक्ति अस्पतालको बेडमा

गौतम श्रेष्ठ

११ वैशाख, गौर । रौतहटको चन्द्रपुर नगरपालिका-१० का एक व्यक्तिले नातीको व्रतवन्धमा आएका ५ जना आफन्तलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन् । घाइतेमध्ये १ को अवस्था गम्भिर छ ।

स्थानीय कृष्ण सापकोटाले आफन्तहरु १६ वर्षीय ऋषि बजगाईं, १६ वर्षकै सागर बजगाईं, १८ वर्षीया सञ्जु बजगाईंलाई खुकुरी प्रहार गरेर घाइते बनाएका हुन् ।

यसैगरी वीरगञ्ज उपमहानगरपालीकाका १६ वर्षीय अरुण पाण्डे र १५ वर्षीय सुरज पाण्डे पनि सापकोटाको खुकुरी प्रहारबाट घाइते बनाएका हुन् ।

घाइतेमध्ये सुरजको अवस्था गम्भीर छ । घाइते सबैलाई उपचारको लागि चितवनको भरतपुर अस्पताल पठाइएको डिएसपी सुदीप शाहीले अनलाइनखबरलाई जानकारी दिए ।

शुक्रबार विहानपख २ बजेतिर सुतीरहेका आफन्तहरुमाथि सापकोटाले खुकुरी हानेको प्रहरीले जनाएको छ । घाइते सबैको टाउकोमा चोट लागेको छ ।

व्रतवन्धमा बोलाइएका पाहुनालाई खुकुरी प्रहार गरेका सापकोटा भने फरार छन् । खुकरी प्रहार गर्ने सापकोटा अवकाश प्राप्त सरकारी कर्मचारी हुन् । उनको मानसिक सन्तुलन ठीक नभएको प्रहरीले जनाएको छ । उनको पेन्सन समेत श्रीमतीले बुझ्दै आएकी छन् ।

नेपाल-भारत सिमा क्षेत्रको रेलवे स्टेशन लगायत सबै नाकामा निगरानी बढाएर सापकोटाको खोजी भैरहेको डिएसपी शाहीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment