Comments Add Comment

नेपालका अटिजम बालबालिकालाई कोरियामा सहयोग

atisismसउल । नेपालमा अटिजम बालबालिका सम्बन्धि काम गर्दै आएको एक संस्थालाई कोरियामा रहेका नेपालीहरूले सहयोग अभियान सञ्चालन गरेका छन् । काठमाडैास्थित  विशेष स्कुल तथा पुर्नस्थापना केन्द (एस.एस.डी.आर.सी)लाई सहयोग गर्ने उद्देश्यले कोरियामा उक्त अभियान थालिएको हो ।

कोरियामा रहेका नेपालीहरूको एक भेलाले   उक्त सहयोग अभियान संचालका लागि बिक्रमसिह ठकुरीको संयोजकत्वमा २९ सदस्य सहयोग कमिटी गठन गरेका छन् ।  उपसंयोजक मन्जु गुरुङ्ग र जितेन्द्र महत रहेको उक्त कमिटिका अन्य सदस्यहरूमा सपना सुनवार, सपना अधिकारी, हरी खनाल तथा प्रकाश अधिकारी लगायत रहेका छन् ।

यसैगरि सल्लाहकारहरुमा  रुद्र शर्मा, केपी सिटौला, विनोद कुवँर, लोचन राई, यज्ञराज सुबेदी,  भक्त शेरचन  र मल्लिका थकाली रहेका छन् ।

atisism-2अटिजम बालबालिकाको स्वास्थ्य र शिक्षा समन्धि काम गर्दै आएको विशेष स्कुल तथा पुर्नस्थापना केन्द (एसएसडीआरसी)ले सञ्चालन गरेको दुई करोड रुपयाको अक्षयकोष  स्थापानाकालागि उक्त अभियान थालिएको अभियान संयोजक ठकुरीले बताए ।

कोरियामा करिब पाँच महिना सम्म चल्ने उक्त अभियानमा अटिजम समन्धि जाचेतना जगाउने , सहयोग सङ्कलन गर्ने र विशेष स्कुल तथा पुर्नस्थापना केन्द्रकी संचालिका सबिता उप्रेतीलाई कोरिया झिकाई अभिन्नदन गर्ने अभियानको उदेश्य रहेको ठकुरीले बताए ।

कोरियाका सबै सङ्घ सस्थाहरुको आवश्यक राय सल्लाह, सहयोगका र सुझावकालागि मे १७ तारिख सउलमा बृहत् भेला बोलाएका ठकुरीले बताए । भेला पश्चियात यो अभियान प्रति कोरियाका सबै नेपालहरु चलयमान हुने ठकुरीले जनाए ।

अभियानप्रति एकेबद्धता जनाउँदै कोरियाका बिभिन्न ठाउँमा ब्यानर सार्वजनिक गरिएका छन् । राजधानी सउलमा एक कार्यक्रम बिच नेपाली दूतावास कोरियाका उपनियोग प्रमुख राजा राम वर्तैला र अभियान संयोजक बिक्रम सिह ठकुरीले ब्यनर सार्वजनिक गरे भने  फेन्थेक माईग्रेसन सेन्टर नेपाली समुदायको आयोजनामा जनस्थरबाट ब्यनर सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा बोल्दै उपनियोग प्रमुख राजा राम वर्ताैलाले आफू यस्ता पवित्र कामको पक्षमा रहेको र आफ्नो क्षेत्रबाट सहयोग गर्न कुनै कसर बाँकी नराख्ने बताए । यसैगरि कोरियामा रहेका सबै सङ्घ संस्थाहरुले ब्यानर सार्वजनिकमा एक्यबद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment