Comments Add Comment

कङ्गोमा राष्ट्रसंघका ३ कर्मचारी अपहरित

११ वैशाख, किन्सासा । संयुक्त राष्ट्रसंघका तीनजना कर्मचारी कङ्गोमा अपहरणमा परेको समाचार छ । उनीहरु बिहीबार अपहरणमा परेका र कसले अपहरण गर्‍यो भन्ने बारेमा केही खुल्न नसकेको बताइएको छ ।

कङ्गोको उत्तरी प्रान्त किवुमा उनीहरु अपहरणमा परेका हुन् । उक्त प्रान्तबाट करिब ३० किलोमीटर पर रहेको एक सानो नगर किबुम्बामा राष्ट्रसंघीय ती कर्मचारी अपहरणमा परेका हुन् ।

अपहरित ती तीनजनामध्ये दुई जना कङ्गोली नागरिक र अर्का एकजना विदेशी रहेका बताइएको छ । उनीहरु अपहरणमा परेको स्थानबाट संयुक्त राष्ट्रसंघको एक सवारी साधन नियन्त्रणमा लिइएको तर अपहरणमा सम्लग्न भएका व्यक्तिको बारेमा भने केही नखुलेको कङ्गोका एकजना सुरक्षा अधिकारीले जनाएका छन् ।

सो क्षेत्रमा पटक पटक राष्ट्रसंघीय शान्ति स्थापक तथा कर्मचारीहरु अपहरणमा पर्ने गरेका छन् । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment