Comments Add Comment

भैरहवामा छैन चलचित्रको बजार, हलको पनि कमजोरी

bairahawa-hall
सलमान खान, भैरहवा

भैरहवामा नेपाली चलचित्रको बजार खस्किदै गएको चलचित्र भवनका संचालकहरुले बताएका छन् । नेपाली चलचित्रले हिन्दी चलचित्र जस्तो कथावस्तुलाई समेटर दर्शकमाझ प्रस्तुत गर्न नसक्दा भैरहवामा नेपाली चलचित्रको बजार खस्किदै गएको हो ।

त्यस्तै भैरहवामा नेपाल चलचित्रमाथि भोजपुरी चलचित्र पनि हावी देखिन्छ । नेपालीको तुलनामा यस क्षेत्रका दर्शकहरुले बढी भोजपुरी चलचित्र रुचाउने गरेको पाइएको छ । यहाँका दर्शकले नेपाली चलचित्र मन पराउँदैन्न् । त्यो भन्दा बढी भोजपुरी हेर्छन् । पदमाश्री चलचित्र भवनका एक कर्मचारीले अनलाइनखबरसगँ भने-‘गाउँका दर्शकहरु चलचित्र हेर्न नआए त हाम्रो चलचित्र हल नै चल्दैन ।’

उनले भने-‘हाम्रो चलचित्र भवनलाई नै भोजपुरी चलचित्रले धानेको छ , नेपाली चलचित्र पनि कहिले काही लाग्छ तर भोजपुरी चलचित्र हेर्न आउने दर्शक जति नेपाली चलचित्र हेर्न आउँदैनन् ।’

हिन्दी,भोजपुरी चलचित्रको तुलनामा भैरहवामा नेपाली चलचित्रको अवस्था निकै दयनिय रहेको सिद्धार्थ चलचित्र भवनका संचालक गोपाल श्रेष्ठ बताउँछन् ।

भैरहवामा ३ वटा चलचित्र भवन छन् । एक चलचित्र भवनमा त नेपाली चलचित्र चल्दैन भने अन्य चलचित्र भवनमा कसरी चल्छ उनले प्रश्न गर्दै भने-‘हिन्दी चलचित्रका निर्देशक, निर्माताले हिन्दी चलचित्रलाई जस्तो कथावस्तुलाई समेटेर दर्शकमाँझ चलचित्र प्रस्तुत गर्छन्, त्यस्तो नेपाली चलचित्रका निर्देशक, निर्माताले गर्न नसकेको कारण नेपाली चलचित्रको अवस्था भैरहवामा खस्किदै गएको हो ।

नेपाली चलिचित्र नराम्रो छैन तर चलचित्रमा प्राविधिक कमजोरी रहेका कारण नेपाली चलचित्रले बजार नपाएको पनि उनको भनाई छ ।

उनी भन्छन्-‘सम्रग रुपमा भन्नुपर्दा भैरहवामा चलचित्र भवननै बन्द गर्नुपर्ने अवस्था आएको छ ।’ बढ्दो इन्टरनेटको प्रयोगको कारण पनि चलचित्रका दर्शकहरुमा कमी आएको उनको बुझाई छ ।

‘यहाँ चलचित्र चलेपनि सलमान खान, शाहरुख खान र अमिर खान बाहेक अन्यको नायकको त्यती चलचित्र नै चल्दैन , यी नायकहरुको पनि एक वर्षमा १/२ वटा फिल्म मात्र आउँछ , अन्य समयमा दर्शकहरु त्यती चलचित्र नै हेर्न आउँदैनन्’-सिद्धार्थ चलचित्र भवनका संचालक श्रेष्ठले भने-‘वर्षमा १/२  वटा चलचित्र चलाएर के गर्ने ? घाटामा कती व्यापार गर्ने , अब चलचित्र भवन नै बन्द गरे बरु फाइदा होला जस्तो देखेको छु ।’

चलचित्र भवनका संचालन गर्नका लागि आवश्यकता पर्ने मुख्य विद्युतको नै समस्या रहेको कारण चलचित्रको भवन संचालन गर्नका लागि समस्या रहेको उनी बताउँछन् ।

त्यस्तै चलचित्र भवनले दर्शकहरुलाई सेवा सुविधाका साथै राम्रो वातावरणमा मनोरञ्जन दिन सके भैरहवामा चलचित्रको मोह बढ्ने भैरहवा स्थित कासी सिनेप्लेक्सका संचालक ओम जैसी बताउँछन् ।
नेपाली चलचित्रहरु नराम्रो छैनन्, राम्रा छन् कतिपय नेपाली चलचित्रहरु राम्रै चलेका छन् तर चलचित्र भवनका संचालकहरुले दर्शकहरुलाई सेवा, सुविधा, सुरक्षा दिएमा भैरहवामा जस्तो पनि चलचित्र चल्ने कासी सिनेप्लेक्सका संचालक जैसीको दावी छ ।

एक वर्ष अघि संचालनमा आएको कासी सिनेप्लेक्सले जुन अनुसार दर्शकलाई आकर्षक गर्न सफल भएको छ त्यो बुझाईमा चलचित्र भवनका संचालकहरुले दर्शकलाई सेवा, सुविधा प्रदान गरे चलचित्र भवनका साथै नेपाली चलचित्र पनि चल्ने उनको बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment