Comments Add Comment

अझै सुध्रिएन त्रिभुवन विमानस्थल, सरकारी निर्देशनको अटेर

airport-4

११ वैशाख, काठमाडौं । मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा प्रवाहमा अझैपनि सुधार आएको छैन । सरकारले गत कार्तिक ५ गते विमानस्थल निरीक्षण गरेर सेवा प्रवाह चुस्त बनाउन निर्देशन दिएको थियो ।

सरकारले शुक्रबार विमानस्थल कार्यालयमा आकस्मिक निरीक्षण गर्दा सेवा प्रवाहमा सुधार नआएको भेटिएको हो । यात्रुबाट विमानस्थलको सेवाप्रति बारम्बार गुनासो आइरहेपछि प्रधानमन्त्री कार्यालयले आकस्मिक निरीक्षण गरेको हो ।

विमानस्थलको नियमित अनुगमन गरी सुधारका लागि सरकारलाई सुझाव दिन कार्तिकमा गृहमन्त्रालयका सहसचिवको संयोजकत्वमा सरोकारवाला निकायका पदाधिकारीहरु सम्मिलित सिघ्र समस्या सम्बोधन समूह गठन भएपनि सो समूहले हालसम्म काम सुरु गरेको छैन् ।

प्रधानमन्त्री कार्यालयका सचिव शान्ताराज सुवेदीसहितको अनुगमन टोलीले तत्काल विमानस्थलका सेवा सुविधाहरु चुस्त बनाउन सरोकारवाला पक्षलाई दिर्नेशन दिएको छ । टोलीले सिघ्र समस्या सम्बोधन समूहलाई सक्रिय बनाई काम सुरु गर्न पनि निर्देशन दिएको जनाएको छ ।

यात्रुहरुले विमानस्थलमा समयमा ब्यागेज नपाउने, एयरलाइन्सहरुले सम्मानजनक व्यवहार नगर्ने, श्रम, अध्यागमन तथा भन्सार सम्बन्धी कार्यहरुमा झन्झटपूर्ण प्रकुया पुरा गर्नुपर्ने गुनासो गर्दै आएका छन् । यस्तै, उडान अत्यधिक हुँदा आवागमन कक्ष व्यवस्थित नुहने, ट्रान्जिट यात्रुलाई बस्ने र सौचालयको समेत उचित व्यवस्था नभएको पनि गुनासो आउने गरेको छ ।

निरीक्षणका क्रममा यात्रु प्रस्थान बिन्दुतर्फ श्रम डेस्क, टिकट चेकिङ काउन्टर, अध्यागमन, सुरक्षा जाँच प्रणाली, अन्तिम सुरक्षा जाँच, आगमनतर्फ अध्यागमन क्लियरेन्स, सामान प्राप्त गर्ने प्रकृया, भन्सार क्लियरेन्स, ट्याक्सी सेवा, विशिष्ट अतिथी कक्षको व्यवस्थापन, ट्रान्जिट यात्रुको व्यवस्थापन, शौचालय, ट्रली, टेलिफोन सेवा, सरसफाई लगायतमा प्रयाप्त ध्यान नपुर्‍याएको भेटिएको छ ।

सचिव सुवेदीले विमानस्थलमा कार्यरत सबै निकायका प्रमुखहरुलाई यात्रुलाई पुर्‍याउने सेवा प्रवाहमा सुधार ल्याउन निर्देशन दिए ।

यस्तो छ निर्देशन

सुवेदीले यात्रुहरु प्रस्थान गर्नु अगाडि हुने सुरक्षा जाँच, एयरलाइन्सले गर्ने टिकट तथा सामान चेकिङ, अध्यागमनमा हुने जाँचजस्ता कार्यलाई सरल बनाउन निर्देशन दिएको छ ।

यात्रुको सबै सूचना पासपोर्ट र बोर्डिङ पासमा हुने हुँदा छट्टै अध्यागमन फारम भर्नुपर्ने प्रणाली हटाउन पनि टोलीले निर्देशन दियो । अध्यागमन चेकिङ पश्चातमात्र मूल्य अभिवृद्धि कर फिर्ताको लागि बैंक काउन्टर रहेको तर भ्याट फिर्ता नेपाली रुपैयाँमा हुने र विदेशी यात्रुले विदेशी मुद्रा सटही गर्न कठिन भएको हुँदा सोही बैंकमै विदेशी मुद्रा सटहीको सुविधा उपलब्ध गराउन पनि निर्देशन दिइएको छ ।

विशिष्ट कक्षमा तोकिएका व्यक्ति बाहेक अरुलाई प्रयोग गर्न नदिन सुरक्षा निकायलाई सतर्क बनाइएको छ । यात्रुहरुले छिटो सामान प्राप्त गर्नसक्ने व्यवस्थाको लागि कन्भेयर वेल्टमा नै एक्सरे जडान गरी जाँच गर्ने व्यवस्था मिलाउन प्रयाप्त जनशक्ती उपलब्ध गराउन नेपाल एयरलाइन्सलाई निर्देशन दिएको बताइएको छ ।

भन्सार विन्दुमा हाते व्यागहरु चेक गर्ने एक्सरे मेसिन मर्मत गरी सञ्चालनमा ल्याउन र यात्रुको चाप बढिरहेकोले अर्को काउन्टर र एक्सरेको व्यवस्था गर्न, छुटेका, पछि आएका र दाबी नगरिएका सामानहरु नेपाल एयरलाइन्सले सम्बन्धित एयरलाइन्सलाई यात्रुको ठेगना खोजी डेलिभरी गर्न जिम्मा लगाउन अनुगमन टोलीले निर्देशन दिएको छ ।

प्रस्थान तथा आगमन विन्दुमा थप विद्युतीय भर्‍याङ जडान गर्न, ट्रान्जिट यात्रुहरुलाई विश्रामको व्यवस्था मिलाउन, सुरक्षा व्यवस्था चुस्त बनाउन, अध्यागमन, भन्सार, एयरलाइन्स तथा श्रमका काउन्टरहरु मर्मत गरी आकर्षक बनाउन, सीसी टिभीमार्फत निगरानी बढाउन पनि निर्देशन दिइएको छ ।

विमानस्थलको आवागमन तथा विश्राम कक्षहरुमा भिडभाड हुन नदिन, रेष्टुरेन्ट, शौचालयलाई सफा र व्यवस्थित बनाउन, विमानस्थलमा इन्टरनेट, वाइफाई, टेलिफोन, ट्रली लगायतका सेवाहरु चुस्त र भरपर्दो बनाउन अनुगमन टोलीले निर्देशन दियो ।

विमानस्थल ट्याक्सी सेवालाई व्यवस्थित बनाउन, भाडा पारदर्शी बनाउन, नागरिक बडापत्र देखिने ठाउँमा राख्न, अन्तर्राष्ट्रिय विमानस्थलमा हुनुपर्ने न्यूनतम सेवा सुविधाको पत्याभूति गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिइएको छ ।

विमानस्थलको स्तरोन्नतीको काम समयमै सम्पन्न गर्न ठेकेदारको कार्यसम्पादन नियमित अनुगमन गर्न प्राधिकरलाई निर्देशन दिँदै अनुगमन टोलीले समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment