Comments Add Comment

एकै वर्ष साढे ३० हजार विदेश अध्ययनमा, ६ करोड राजस्व संकलन

१२ बैशाख, काठमाडौं । एक वर्षको अवधिमा विदेश अध्ययनका लागि ३० हजार चार सय नेपाली विद्यार्थीले शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ लगेका छन् । शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखाका अनुसार विदेश अध्ययनका लागि जाने विद्यार्थीबाट ६ करोड आठ लाख २१ हजार एक सय ५० रुपैयाँ राजस्व उठेको छ ।

सबैभन्दा बढी नौ हजार पाँच सय ४९ जना जापनमा जापानिज भाषा पढ्न जाने विद्यार्थी रहेका छन् । जापानसँगै अस्ट्रेलियाका लागि नो अब्जेक्सन लेटर लिनेको संख्या धेरै छ । अस्ट्रेलियाका लागि नौ हजार पाँचजनाले शिक्षा मन्त्रालयबाट पत्र लगेको नयाँ पत्रिकामा खबर छ । ०७० मा विदेश अध्ययनका लागि मन्त्रालयबाट २६ हजार विद्यार्थीले नो अब्जेक्सन लेटर लगेका थिए । भारतमा जाने विद्यार्थीको भने यकिन विकरण छैन् ।

विदेश अध्ययनका लागि डलर साट्न र सरकारकाबाट औपचारिक रुपमा सहमति लिएर आएको हो कि होइन भन्ने खोजी हुने भएकाले पनि नो अब्जेक्सन लेटर अनिवार्य छ ।

नेपालीहरुको श्रम गन्तव्य बनेको कतारमा ३१ र दुबईमा २८ नेपालीले पढ्नका लागि नो अब्जेक्सन लेटर लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment