Comments Add Comment

तीन खर्बका थोत्रा नोट जलाइए

nepal rastra bank१२ बैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले ७० वर्षयता झन्डै तीन खर्बबराबरका नोट (कागजी रुपैयाँ) जलाएर नष्ट गरेको छ । नेपालले २००२ देखि कागजी नोट छपाइ गरेर चल्तीमा ल्याएको थियो । यस अवधिमा विभिन्न दरका गरी सात खर्ब ३२ अर्बबराबरका नोट छपाइ गरिएका छन् ।

चलनचल्तीमा रहेका नोट विभिन्न कारणले चल्न नसक्ने अवस्थामा पुगेपछि राष्ट्र बैंकले प्रक्रिया पुर्‍याएर नष्ट गर्ने गर्छ । अहिलेसम्म विभिन्न दरका गरी दुई खर्ब ९७ अर्बबराबरका नोट नष्ट गरिएको राष्ट्र बैंकले जनाएको नयाँ पत्रिकामा खबर छ ।

सबैभन्दा धेरै पाँच रुपैयाँका ११ करोड थान र सबैभन्दा कम २५० रुपैयाँ दरका ५४ हजार ६ सय ५० थान पुराना नोट नष्ट गरिए ।
आर्थिक वर्ष ०६८/६९ मा १७ अर्ब ९३ करोड र आव ०६४/६५ मा ३० करोड ९० लाख बराबरका नोट नष्ट गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment