Comments Add Comment

जन्मदर्ता नहुँदा दलित बालकले पढ्न पाएनन्

१२ वैशाख, सिन्धुली । सरकारले पाँच वर्षको उमेकार बालबालिकालाई विद्यालय भर्ना गराउन घरघर पुग्ने नीति भए पनि सिन्धुलीका एक दलित बालकले भने जन्मदर्ता नहुँदा विद्यालय भर्ना हुन पाएका छैनन् ।

भुवनेश्वरी गाविस-९ ग्वालटारमा बस्ने २० वर्षे बालक सन्तोष अछामीले जन्मदर्ताबिना स्थानीय विद्यालयले भर्ना नलिँदा विद्यालयमा पढ्न नपाएको अन्नपूर्ण पोष्टमा खबर छ ।

बेवारिसेजस्तै बनेका अछामीको जन्मदर्ता गरिदिने कोही नभएपछि यस्तो समस्या आएको हो । विद्यालय भर्ना हुन अनिवार्य जन्मदर्ता आवश्यक पर्ने भएकाले १० वर्ष भइसक्दासमेत विद्यालय भर्ना हुन नपाएका हुन् । पाँच वर्षअघि नै कक्षा १ मा भर्ना हुनुपर्ने अछामी पाँच वर्षयता नजिकैको साथी विद्यालयको गएको हेर्दै विद्यालय आसपासमै खेलेर समय विताउने गरेका छन् ।

समयमै विद्यालय भर्ना भएका भए यतिबेला कक्षा ५ मा पुग्ने अछामीले यसवर्षको विद्यालय भर्ना अभियान चलेको एकसाता वितिसक्दा पनि विद्यालय भर्ना हुने अवसर पाएका छैनन् ।

दलितलाई विद्यालय तहको शिक्षा निःशुल्क गर्ने सरकारी नीति भए पनि जन्मदर्ता नहुँदा नजिकैको विद्यालयले अछामीलाई भर्ना लिन मानेका छैनन् । सरकारले नयाँ विद्यार्थी भर्ना गर्दा अनिवार्य जन्मदर्ताको ब्यवस्था गरेकाले नियम बाहिर गएर भर्ना गर्न नसकिएको कौशिका उच्च माविका प्रधानाध्यापक जयबहादुर कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment