Comments Add Comment

चितवनमा स्वाइन फ्लु नियन्त्रण नहुँदै डेंंगुको प्रकोप

१२ वैशाख, चितवन । स्वाइन फ्लु रोगका बिरामीको संख्या थपिरहेकै अवस्थामा चितवनमा डेंगु रोगका विरामी देखापर्न थालेका छन् ।
swine-flu
जाडोमा स्वाइन फ्लु र गर्मीमा डेंगु रोगले चितवनका सर्वसाधारणलाई सधैं त्रासमा बस्न बाध्य बनाएको छ । गएको माघ महिनाको अन्तिम साताबाट स्वाइन फ्लु एन्फ्लुएन्जा एनवानएनवानको बिरामी देखापरेको चितवनमा अहिले डेंगु रोका विरामी देखापर्न थालेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएको गोरखापत्रमा खबर छ ।

एकै दिनमा पार्ने पर्ने, गर्मी हुने, चिसो हुने जस्तो मौसम भएमा डेंगुका लागि उपयुक्त समय हुने चिकित्सकहरुले बताएका छन् । यस्तै मौसम भएकाले अहिले चितवनमा डेंगु रोगका बिरामी देखिन थालेको भरतपुर अस्पतालका चिकित्सक कालीदास अधिकारीले बताए ।

हरेक महिनाच कुनै न कुनै फ्लुजन्य रोगको संक्रमणले नछाडेको चितवनमा अहिले डेंगुरोगका विरामी आएको उनले बताए ।

तर जिल्ला जनस्वास्थ्य कार्यालयले भने डेंगु रोगका विरामीको लगत नलिएकाले रोगका बारेमा जानकारी नभएको बताएको छ । कार्यालयका किट नियन्त्रक राम केसीले स्वाइन फ्लुका विरामीका विषयमा ध्यान केन्द्रित भएकाले डेंगु रोगको जानकारी नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment